coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुस्लिम धर्मगुरू गुलेन एक हजार समर्थक पक्राउ

इस्तानबुल– टर्कीको प्रशासनले अमेरिकामा स्वघोषित निर्वासनमा रहेका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेन समर्थक करिब एक हजार नागरिकलाई बुधबार पक्राउ गरेको छ ।

टर्कीमा हालै भएको जनमत संग्रहमा राष्ट्रपति रेसेप तैइप एर्डोगानको शक्ति बढाउनसक्ने गरी परिणाम आएको केही दिनपछि उनको प्रशासनले लिएको प्रतिपक्षी विरुद्धको कडा कदम भएको बताइएको छ ।
जनमत संग्रहपछि करिब तीन हजार गुलेन समर्थक टर्कीस नागरिक टर्की छिरेको बताउँदै बुधबार बिहानैदेखि उनीहरुको खोजी गरिएको थियो ।

    टर्कीका सबै ८१ राज्यमा बुधबार एक हजार १३ शंकास्पद गुलेन समर्थक नागरिकलाई पक्राउ गरिएको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ ।

    प्रशासनले टर्कीमा पछिल्लो समय गुलेन समर्थक चार हजार छ सय ७२ नागरिकमाथि पक्राउ पूर्जी जारी गरेकोमा एक हजार चार सय ४८ यसअघि नै पक्राउ परेर जेलमा रहेको बताइएको छ ।

    टर्कीको सरकारले गुलेनलाई सन् २०१६ को जुलाई १५ मा भएको असफल ‘कु’ प्रयासका मुख्य योजनाकार बताउँदै उनका समर्थकलाई नियन्त्रणमा लिदैं आइरहेको छ । गुलेन समर्थक कयौं नागरिक जर्मन, फ्रान्स, अमेरिकालगायतका मुलुकमा शरणार्थीका रुपमा बस्दै आएका छन् ।

 

प्रकाशित: १४ वैशाख २०७४ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App