coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा ठेउलाको प्रकोप

चिकेन पक्सबाट प्रभावित एक बिरामी । तस्बिरः मदन ठाकुर

रौतहट– गढीमाई गाउँपालिकाको वरियारपुर, बिगरनगरा, पर्सा, गम्हरिया र संग्रामपुरमा ठेउलाको प्रकोप देखिएको छ । एक सातादेखि फैलिएको ठेउला (चिकेनपक्स)ले दर्जनौंलाई प्रभावित पारेको छ । दिनदिनै प्रकोप बढ्दै गएको स्थानीयले बताएका छन् । सबैभन्दा बढी गढीमाई गाउँपालिकामा ठेउलाको प्रकोप देखिएको  छ ।

रोगी विरामीलाई ज्वरो आउने, शरीरमा विमिरा देखिने, टाउको दुख्ने, रिङटा लाग्ने र कमजोरी हुने लक्षण देखा पर्छन् । रोगले ठूलै असर नपारे पनि ज्वरोले कमजोर बनाउने हुनाले ठेउला लागेको व्यक्तिको सम्पर्कबाट टाढा बस्नुपर्ने सल्लाह उनले दिए ।

रोगी विरामीलाई ज्वरो आउने, शरीरमा विमिरा देखिने, टाउको दुख्ने, रिङटा लाग्ने र कमजोरी हुने लक्षण देखा पर्छन् । चढ्दो गर्मीका कारण ठेउलाको प्रकोप जिल्लाको केही गाउँमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सरुवा रोग भएकाले ग्रामीण भेगका बालबालिकादेखि युवा तथा वृद्धवद्धामा पनि रोगको लक्षण देखिएको छ ।

गढीमाई गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली खटाईसकिएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख डा. नवलकिशोर झाले बताए । ‘गर्मीमा देखापर्ने ठेउलालाई सामान्य रोगका रुपमा लिनुपर्छ,’ उनले भने । रोगले ठूलै असर नपारे पनि ज्वरोले कमजोर बनाउने हुनाले ठेउला लागेको व्यक्तिको सम्पर्कबाट टाढा बस्नुपर्ने सल्लाह उनले दिए ।

 

प्रकाशित: १४ वैशाख २०७४ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App