८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौं मेयर—उपमेयरमा एमालेबाट पति–पत्नी सिफारिश

ईन्दिरा पन्त र बसन्त मानन्धर। फाइल तस्विर

काठमाडौं— नेकपा एमालेले काठमाडौं मेयर–उपमेयरमा बुधबार पाँच–पाँच जनाको नाम सिफारिश गरेको छ। जिल्ला कमिटीले प्रदेशलाई पठाएका ती नाम बुधबार प्रदेश तीन नम्बर प्रदेश कमिटीले केन्द्रलाई पठाएको छ।

यो जोडीकै नाम संविधान सभा निर्वाचनमा पनि सभासदको उम्मेदवारमा सिफारिशमा परेको थियो। त्यतिबेला दुवै जनाले टिकट पाएनन्। यो पटक के होला त?

काठमाडौंको मेयरमा एमालेले सिफारिशमध्ये पाँचमध्ये एक जना हुन्– बसन्त मानन्धर। अनेरास्ववियूका पूर्व महासचिव उनी पार्टी पंक्तिमा जुझारु नेताका रुपमा परिचित छन्।  केन्द्रिय प्रतिनिधि परिषद सदस्य उनले यसअघि पार्टीको तर्फबाट महानगरपालिकामा प्रतिनिधित्व गरिसकेका छन्।

संयोग कस्तो जुरेको छ भने कुनै बेला एमाले अखिलको राजनीति गरेकी ईन्दिरा पन्त काठमाडौंको उपमेयरमा सिफारिश भएकी छिन्। उनी सुरेन्द्र पाण्डे संयोजक रहेको एमालेको अर्थ तथा योजना विभाग सदस्य हुन्। अखिलको राजनीति हुँदै पार्टी राजनीति अघि बढाएकी उनी काठमाडौं जिल्ला कमिटी सदस्य पनि हुन्।

पार्टीको तल्लो निकायले मेयरमा सिफारिश गरेका मानन्धर र उपमेयर सिफारिशमा परेकी पन्त नाताले पतिपत्नी हुन्।

‘उम्मेदवार सिफारिशमा श्रीमान्–श्रीमती पर्नु संयोग मात्रै हो’, नागरिकन्युजसँग कुरा गर्दै ईन्दिराले भनिन्, ‘पार्टीका लागि मेरो योगदान कम छैन।’

अखिलको राजनीतिमा सक्रिय रहेकै बेला २०५७ सालमा बसन्त र ईन्दिराको विवाह भएको थियो। ‘हाम्रो भेट पनि संगठनकै कामको सिलसिलामा भएको हो।’ बसन्त अनेरास्ववियूको महासचिव हुँदा इन्दिरा लुम्बिनी अञ्चल कमिटीमा थिइन्।

यो जोडीकै नाम संविधान सभा निर्वाचनमा पनि सभासदको उम्मेदवारमा सिफारिशमा परेको थियो। त्यतिबेला दुवै जनाले टिकट पाएनन्। यो पटक के होला त?

'पार्टीको निर्णय अन्तिम निर्णय हुन्छ। अहिलै धेरै भन्न सकिँदैन', ईन्दिराले नागरिकन्युजसँग भनिन्।

महानगर, उपमहानगरपालिकाका मेयर उपमेयरको अन्तिम निर्णय एमाले स्थायी कमिटीले गर्नेछ। सिफारिशमा नपरेकाहरुलाई पनि स्थायी समितिले उम्मेदवार बनाउन सक्नेछ।

प्रकाशित: १३ वैशाख २०७४ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App