६ वैशाख २०८१ बिहीबार
राजनीति

राप्रपाको चुनावी संकल्प : १० वर्षमा सबै नागरपालिका स्मार्ट सिटी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको संकल्प पत्र सार्वजनिक गर्दै आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त शहर (“स्मार्ट सिटी”) बनाउने बताएको छ।  यस्तै प्रत्येक गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र ब्यवस्थित नगरोन्मुख गाउँको रुपमा विकसित गराउने संकल्प लिएको जनाएको छ।

गौहत्यालाई पूर्णत निषेध गर्नुका साथै त्यस्तो अपराधमा संलग्न हुनेलाई कानुन बमोजिम कडा कारवाही गरिने चुनावी संकल्पपत्रमा उल्लेख छ। गौरक्षाको लागि प्रत्येक गाँउ/नगरपालिकाहरुमा गौशालाहरु निर्माण गरिने राप्रपाले जनाएको छ।

राप्रपाले चुनाव जितेको गाँउ / नगरपालिकाहरुलाई नमुनालायक स्थानीय तहको रुपमा स्थापित र संचालन गर्ने संकल्पपत्रमा उल्लेख गरेको छ। राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र  आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य प्राप्तिको क्रममा आगामि निर्वाचन महत्वपूर्ण कोसेढुंगा र खुड्किलो हुने उसको ठम्याइ छ ।

 यस्तै राप्रपाल गाउँ नगरपालिकामा पृथ्वी नारायण शाहको तस्विर राख्ने, बिद्यालयहरुको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिबृद्धि हुने बिषयहरु समावेस गर्ने जनाएको छ।  

गौहत्यालाई पूर्णत निषेध गर्नुका साथै त्यस्तो अपराधमा संलग्न हुनेलाई कानुन बमोजिम कडा कारवाही गरिने चुनावी संकल्पपत्रमा उल्लेख छ। गौरक्षाको लागि प्रत्येक गाँउ/नगरपालिकाहरुमा गौशालाहरु निर्माण गरिने राप्रपाले जनाएको छ।

जातिय आधारमा मन्दिर प्रवेशमा रोक लगाउने प्रथा पूर्णरुपमा अन्त गरिने उसले जनाएको छ। सबै जाती र समुदायलाई समान रुपमा पूजा आराधना र उपासना गर्न पाउने व्यवस्था सुनिश्चित गरिने उल्लेख छ।

बाल विवाह र बहुविवाह गर्न नदिने र त्यस्तो कार्य गर्ने गराउनेलाई कानुन बमोजिम दण्डित गरिने राप्रपाले जनाएको छ।

शिक्षा क्षेत्रको लागि गाउँ /नगरपालिकाहरुको आफ्नो कूल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्र बिनियोजन गरिने जनाइएको छ।

राप्रपाले प्रत्येक  गाउँ/नगरपालिकाहरुमा कम्तिमा २५ बेडको एक अस्पताल निर्माण चुनावी प्रतिवद्धता गरेको छ।

प्रत्येक गाउँ/नगरपालिका भित्र २५ जना भन्दा बढिलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने उसले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०७४ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App