coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बैतडीमा एमालेले लगायाेउम्मेदवारकाे टुङ्गो

बैतडी – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगाएको छ । 

दशरथचन्द नगरपालिकामको प्रमुखमा देवदत्त भट्ट र उपप्रमुखमा सरस्वती नेपाली, पाटन नगरपालिको प्रमुखमा नरेस विक र उपप्रमुखमा जानकी अवस्थी, मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उपप्रमुखमा मानमती भट्ट तथा पुर्चौडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उपप्रमुखमा जानकी साउदको नाम सिफारिस गरिएकोे हो । 

यसैगरी सिगास गाउँपालिकाको अध्यक्षमा जसवीर बोहरा र उपाध्यक्षमा भृकुटी चन्द, डिलासैनी गाउँपालिकाको अध्यक्षमा ओकेन्द्र बोहरा र उपाध्यक्षमा पार्वती राना, दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्की, सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्र विष्ट र उपाध्यक्ष लिलावती विष्ट, शिवनाथ गाउँपालिकाको अध्यक्षमा भरत मडै र उपाध्यक्षमा कुश्मा चन्द तथा पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बिना भट्टको नाम सिफारिस गरेको जनाइएको छ । 

नेकपा माओवादी केन्द्रले यसअघि नै १० वटै तहका उम्मेदवारको टुङ्गो लगाइसकेको छ तर नेपाली काँगे्रसमा भने उम्मेदवारका आकाङ्क्षी बढी देखिएकाले सकस भएको छ । रासस 

प्रकाशित: १३ वैशाख २०७४ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App