७ वैशाख २०८१ शुक्रबार
समाज

नेपालगञ्जमा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु

नेपालगञ्जमा बुधबारदेखि सुरु भएको फोटो प्रदर्शनी हेर्न अाएका विद्यार्थी।

काठमाडौं— नेपाली फोटोपत्रकारिता दिवसको अवसरमा नेपाल फोटो प्रदर्शनी यात्रा नेपालगञ्जमा सुरु भएको छ। वैशाख १३ गतेलाई नेपाली फोटो पत्रकारहरुले फोटोपत्रकारिता दिवस मनाउँदै आएका छन्। यसै अवसरमा फोटो पत्रकार क्लब (पिजे क्लब)ले अन्तराल मिडियाको सहकार्यमा आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ तस्बिरहरुको प्रदर्शनी नेपालगञ्जमा सुरु गरेको हो।

बुधवारबाट नेपालगंजस्थित भेरी प्रवधिक शिक्षालयको हलमा सुरु भएको प्रर्दशनी बिहीबारसम्म गरी दुई दिन चल्ने क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसपछि धनगढी र पोखरामा प्रर्दशनी गरिने क्लबले जनाएको छ।

फोटो प्रदर्शनीमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभेन्चर फोटो स्टोरी गरी सात विधाका उकृष्ट १२० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका केन्द्रिय सदस्य दिपेश श्रेष्ठले बताए।

प्रदर्शनीमा रहेका फोटोहरु आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा करिब १ हजार जना फोटो पत्रकार तथा स्वतन्त्र फोटोग्राफर प्राप्त करिब ८ हजार तस्बिरहरुबाट छानिएका उत्कृष्ट १२० वटा फोटोहरु समावेश छन्। 

प्रर्दशनीले समाजमा रहेका विभिन्न विषयलाई जनमानसमा ल्याउने भएकाले यसको विशेष महत्व रहने स्थानीय आयोजक तथा  अन्तराल मिडीयाका प्रबन्ध निर्देशक जयनारायण शाहले बताए। 

फोटोपत्रकार क्लबले सुरु गरेको प्रदर्शनीले नेपालको पहिचान र यथार्थ अवस्था जानकारी दिने कार्यक्रमका प्रमुख अतिथि तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्तले  बताए। भूकम्पका जीवन्त तस्बिरहरु प्रदर्शनीमा रहेको र यसले  दर्शकको मन छोएको पन्तले उल्लेख गरे।

प्रदर्शनीको पहिलो दिन पत्रकार,  बिद्यार्थी, अभिभावक, नागरिक समाजका अगुवा, अधिकारकर्मी, राजनीतिक दलका कार्यकर्ताहरुलगायत १ हजार भन्दा बढीले अवलोकन गरेका छन्। 

यस किसिमको फोटो प्रर्दशनी यसअघि काठमाडौं, विराटनगर, चितवनको सौराह र भैरहवामा सम्पन्न भैसकेको छ। यसपछि धनगढी र पोखरामा प्रर्दशनी गरिने क्लबले जनाएको छ।

नेपालगञ्जमा बुधबारदेखि सुरु भएको फोटो प्रदर्शनी हेर्न अाएका विद्यार्थी।
नेपालगञ्जमा बुधबारदेखि सुरु भएको फोटो प्रदर्शनी हेर्न अाएका विद्यार्थी।
नेपालगञ्जमा बुधबारदेखि सुरु भएको फोटो प्रदर्शनी हेर्न अाएका विद्यार्थी।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App