८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

रेडियो स्टेसन लक्षित आक्रमणमा ५० को मृत्यु

दमास्कस – टर्कीका सेनाको सुरक्षा कारबाही तथा हवाई आक्रमणमा परी कुर्दिसमा मङ्गलबार कम्तीमा ५० जनाको मृत्यु भएको छ । 

इराक र सिरियाको सीमा क्षेत्रमा पर्ने कुर्दिसमा रहेको रेडियोको स्टेसनलाई लक्षित गरी आक्रमण भएको अनुगमनकर्ताहरुले बताएका छन् । 

सिरियातर्फको हासाकाह प्रदेशमा पर्ने ग्रामीण क्षेत्रमा २२ जना मारिएको अधिकारीहरुले जनाएका छन् । इराकतर्फको सिन्जार क्षेत्रबाट २८ जनाको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइटले जनाएको छ । 

बेलायतमा रहेको अनुगमनकर्ताहरुको सो संस्थाले अरु २६ जना घाइते र बेपत्ता भएकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने बताएको छ । 

कुर्दहरुसँगको टर्कीको सत्रुताका कारण कुर्द क्षेत्रमा हिंसात्मक घटना भइरहेको छ । टर्कीको सीमा क्षेत्रमा पर्ने सिरियाको उत्तरी क्षेत्रमा पनि कुर्दहरुलाई उपस्थितिमा निकै कडाइ गरिएको छ । 

अमेरिकाले भने टर्कीको तर्फबाट भइरहेको सुरक्षा कारबाहीमा चासो व्यक्त गरेको छ । टर्कीले आतङ्कवादविरुद्धको गठबन्धनसँग कुनै सहकार्य नगरेको अमेरिकाको टिप्पणी छ ।

प्रकाशित: १३ वैशाख २०७४ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App