coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ओभरलोड बोक्ने ३९ ट्याक्टर नियन्त्रणमा

कोहलपुर – क्षमताभन्दा ओभरलोड सामग्री बोक्ने र स्वरुप परिवर्तन गरी संचालनमा आएका ३९ वटा ट्याक्टरलाई बाँके प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ । 

सोमबार राती ३४ र मंगलबार राती ५ वटा ट्याक्टर नियन्त्रणमा लिई कारवाही सुरु भएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक बिरबहादुर थापाले बताए । नियन्त्रणमा लिएका ट्याक्टरलाई सवारी ऐन अनुसार कारवाही अगाडी बढाउन आजै यातायात कार्यालयमा पठाउने तयारी भएको थापाले जानकारी दिए । रातो प्लेटका ट्याक्टर निर्माणका सामग्री बोकेका, अत्याधिक ओभरलोड, पाता, ढाला राखेर सामाग्री ओसार्ने, स्वरुप परिवर्तन गर्ने र कागजात नभएका ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

ट्याक्टर चालक, सवारी धनी र ट्याक्टर व्यवसायी समितिसँग जिल्ला प्रहरी कार्यालयमा छलफल गरी कारवाही अगाडि बढाइने भएको छ । जिल्लामा ट्याक्टरले ओभरलोड, स्वरुप परिवर्तन गर्नुमा ट्राफिक प्रहरीको चरम लापरवाही रहेको प्रहरीको भनाई छ । 

प्रकाशित: १३ वैशाख २०७४ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App