coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिंसा पीडितलाई वेभसाइट सेवा

काठमाडौं– हिंसा पीडितलाई सेवाको जानकारी दिन महिला तथा बालबालिका मन्त्रालयले छुट्टै वेभसाइट निर्माण गरेको छ। ‘डब्लुडब्लुडब्लु.सेवा.मोउसिएसडब्लु.जिओभी.एनपी’ नामको वेभसाइट शुक्रबार सार्वजनिक गरेको हो। महिला तथा बालबालिका मन्त्रालयले शुक्रबार एक समारोहमा सार्वजनिक गरेको हो।

वेभसाइटमा हिंसामा परेका बालबालिका तथा महिलााले कसरी र कुन ठाउँमा सेवा लिने भन्ने बारेमा सूचना उपलब्ध छन्। वेभसाइटमा सुरुमा भूकम्प पीडित तथा अन्य हिंसा पीडित १६ जिल्लाका सूचना उपलब्ध छन्। सूरुमा नमूना स्वरुप सोह« जिल्लालाई समेटेको र विस्तारै ७५ अ‍ै जिल्लामा सेवा बिस्तार गर्न लागेको महिला तथा बाबबालिका मन्त्रालय महिला सशक्तिकरण तथा बालबालिका बिकास महाशाखाले जनाएको छ।

‘सुरुमा नमूनाको रुपमा राखिएको हो, बिस्तारै सवै जिल्ला, अपांगता र ज्येष्ठ नागरिककलाई पनि समेट्नेछौ,’ महाशाखा प्रमुख सुनिता नेपालले भनिन्।

वेसाइटमा मानव बेचबिखन तथा ओसारपोसारबाट प्रभावित,लैंगिक हिंसा प्रभावित,शारिरीक रुपमा असक्त,जोखिममा रहेका व्यक्तिलाई दिइने सेवा बारे विविध जानकारी राखिएको छ। जसअनुसार कानुनी सेवा, स्वास्थ्यसेवा, पुनरस्थापना, शिक्षा, मनोसामाजिक परामर्श, जीविकोपार्जन जस्ता बिषयमा सूचना उपलब्ध छन्।  

 

प्रकाशित: ३१ असार २०७३ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App