coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले सिन्धुपाल्चोक उम्मेद्वार छनोटः जिल्लाले नसकेपछि प्रदेशलाई सिफारिस

सिन्धुपाल्चोक– आकांक्षी धेरै हुँदा सबै तहमा सर्वसम्मत उम्मेद्वार बनाउने प्रयास असफल भएपछि एमालेले गाउँ र नगरबाट आएका सिफारिस जस्ताको त्यस्तै प्रदेश समितिलाई पठाएको छ।

जिल्लाका सबै तहमा ५ सय ३९ उम्मेदवार चाहिनेमा एमालेले ५ सय ७१ उम्मेदवारको नाम सिफारिस गरेको हो। तीमध्ये ५ सय २१ उम्मेदवारको एकल नाम सिफारिस भएको जिल्ला पार्टी प्रचार विभाग प्रमुख यज्ञ सापकोटाले बताए। उनकाअनुसार १ सय ३ वटा वडामध्ये दुई वडाध्यक्ष उम्मेदवारबाहेक ५ सय १३ को एकल नाम सिफारिस भएको छ। मेलम्ची नगरपालिकाका दुईवटा वडाध्यक्षमा मात्र दुई÷दुई जनाको दाबी परेको छ। विभिन्न गाउँ, नगर प्रमुखमा आठ उम्मेदार सर्वसम्मत भइसकेका छन्।

हेलम्बु गाउँपालिकामा अध्यक्ष हस्त पण्डित, उपाध्यक्ष निमाजुङमु लामा र पाँचपोखरी–थाङपाल गाउँपालिकाबाट अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारीको एकल नाम सिफारिस भएको छ।

भोटेकोसी गाउँपालिका उपाध्यक्षमा दुर्गा पौडेल, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा भुपेन्द्र श्रेष्ठ, मेलम्ची नगर उपप्रमखमा भगवती नेपाल र इन्द्रावती गाउँपालिका अध्यक्षमा जिल्ला पार्टी अध्यक्ष झम्क नेपाल सर्वसम्मत उम्मेदवार बनेका छन्।

सर्वसम्मत हुन नसकेको भोटेकोसी नगरपालिका अध्यक्ष उम्मेदवारमा छिरिङ शेर्पा, कुमार श्रेष्ठ, जगत कार्की, छेवाङ शेर्पाको नाम सिफारिस गरिएको छ। बाह्रविसे नगर प्रमुख उम्मेदारमा निमफुञ्जो शेर्पा, प्रदीप पौडेल, तीर्थ ढकाल, ज्ञानेन्द्र राउत, कुमार श्रेष्ठ र उपाध्यक्षमा सुशीला पाख्रिन, खड्गकलक्ष्मी बस्नेत, गृहलक्ष्मी तामाङ सिफारिसमा परेका छन्। त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षमा दुर्गा नेपाल र कमला कार्कीको दाबी छ।

लिसंखु–पाखर अध्यक्षमा जिल्ला सचिव कमल नेपाल, सुर्य लामा र उपाध्यक्षमा हेमगंगा मोक्तान, माइली लामाको नाम सिफारिस छ। सुनकोसी गाउँपालिका अध्यक्षमा प्रेम लामा, शिवप्रसाद न्यौपाने, सुर्य तिमिल्सिना, पुरुषोत्तम प्याकुरेल र रामचन्द्र तिमिल्सिनाको दाबी छ। त्यहाँ उपाध्यक्षमा देवी अधिकारी र मञ्जु नेपाल सिफारिसमा परेका छन्। जुगल गाउँपालिकाबाट सिफारिस हुनेमा अध्यक्षमा होमनारायण श्रेष्ठ, जरा लामा, चन्द्रकाजी तामाङ र उपाध्यक्षमा कान्छीमाया तामाङ, सावित्री घिमिरे, सिर्जना तामाङ छन्।

चौतारा नगरपालिकाबाट प्रमुखमा सोम सापकोटा, यज्ञ सापकोटा, इश्वरीप्रसाद श्रेष्ठ, इन्द्र नेपाल र बादल तामाङ आकांक्षी छन्। उपप्रमुखमा सीता थापा र बालकुमारी सापकोटाको दाबी छ। इन्द्रावतीबाट उपाध्यक्षमा सरस्वती अधिकारी, राधिका तिमिल्सिना र सञ्चमाया तामाङको नाम सिफारिस भएको छ। डम्बर अर्याल, धर्मकृष्ण श्रेष्ठ, बालकृष्ण देउजा मित्रलाल श्रेष्ठ र घननाथ पराजुरीले मेलम्ची नगर प्रमुख दाबी गरेका छन्।

एमाले तीन नं. प्रदेश इन्चार्ज शेरबहादुर तामाङले मंगलबार बसेको प्रदेश बैठकले सर्वसम्मत आएका नामको टुंगो लगाएको बताए । ‘बुधबार सबै उम्मेदवार टुंगो लगाएर अनुमोदनको लागि केन्द्रमा पठाउँछौँ,’ उनले भने ।

प्रकाशित: १२ वैशाख २०७४ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App