७ वैशाख २०८१ शुक्रबार
राजनीति

ललितपुर मेयरमा कांग्रेसका ४ सिफारिस, चित्रकारको सम्भावना बलियो

ललितपुर महानगरमा कांग्रेस मेयरका सम्भावित उम्मेद्वार बाबुराजा चित्रकार

काठमाडौं– ललितपुर उपमहानगरपालिकाको प्रमुख(मेयर)मा नेपाली कांग्रेसबाट ४ जनाको नाम सिफारिस भएको छ । सिफिरिसमा पर्नेहरुमा बाबुराजा चित्रकार, भरतलाल न्याछ्य, प्रेमकृष्ण महर्जन र चिनिबाबु महर्जन रहेका छन् ।

सिफारिसमा परेका चार मध्ये बाबुराजा प्रकाशमान सिंह गुटका हुन् भने चिनिबाबु शेरबहादुर गुटका हुन् । अन्य दुई जनाले गुट छुट्याएका छैनन् ।

मयेरका आकांक्षी बाबुराजा चित्रकार विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका नेता हुन् । उनी २०५५ सालमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट त्रिचन्द्र क्याम्पसको स्ववीयु सदस्य, २०५७ सालमा स्ववियु सचिव, २०६० सालमा नेविसंघको केन्द्रीय सदस्यहुँदै २०६४ मा नेविसंघको केन्द्रीय सहमहामन्त्री भएका थिए ।

हाल गणेशमान सिंह केन्द्रका अध्यक्ष रहेका श्रेष्ठले गणेशमान सिंहको भाषणलगायत सामग्रीहरुको अडियोसिडी तयार पार्ने र संकलन गरी तत्कालिन राष्ट्रपति रामवरण यादवको हाटबाट विमोचन गराएका थिए ।

शारीरिक अक्षमताका बाबजुद विद्यार्थी राजनीति, युवा राजनीति, सामाजिक सेवा हुँदै केन्द्रीय राजनीतिमा सक्रिय हुन लागेका चित्रकारलाई ललितपुर उपमहानगरपालिकाको प्रमुखमा अन्य पार्टीका प्रतिपस्पर्धीलाई टक्कर दिन सक्ने उम्मेद्वारको रुपमा हेरिएको छ।

त्यस्तै, भरतलाल न्याछ्य नेपाली कांग्रेसबाट २ पटक ललितपुर उपमहानगरको नगरसभापति भइसकेका पुराना नेता हुन् । प्रेम कृष्ण महर्जन नेपाली कांग्रेसबाट २०५४ सालमा ललितपुरको उपमेयरमा पराजित भएका पुराना नेता हुन् ।

चिनिबाबु महर्जन भने पञ्चायत काल र २०४९ सालमा ललितपुरको वडा नम्बर ३ को वडा अध्यक्ष भएका नेता हुन् ।

प्रकाशित: १२ वैशाख २०७४ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App