८ वैशाख २०८१ शनिबार
समाज

‘भोट हालेर गाँउमा सिंहदरबार आएको हेर्ने रहर’

जिल्लाको विकट जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा निर्वाचनको पोष्टर पढेर रमाउँदै एक महिला र अन्य बालबालिकाहरू। तस्बिरः जनक केसी

गर्खाकोट– जुनीचाँदे गाउँपालिका ५ का अमर सार्कीलाई भोट हाल्ने दिन कहिले आउँछ भने झैं भएको छ। चुनावमा भोट हाले सिंहदरबार गाउँमै आउँछ भन्ने सुनेका उनलाई भोट हालेर गाउँमै सिंह दरबार हेर्ने ठूलो रहर छ। जीवनमा  सदरमुकाम खलंगासम्म पनि  जान  धौ धौ पर्ने ६० वर्षीय सार्कीलाई सिंहदरबार भनेको कुनै वस्तु जस्तो लागेको छ।

भोट हाले मात्र सिंहदरबार गाउँमै आउँछ रे सार्कीले नागरिकसँग भने। सिंहदरबार भनेको केहो भन्ने प्रश्नमा सार्कीले भने  त्यो त भोट हालेपछि आफै थाहा  होला अहिले म के भनौं र ?  

२०४८ सालको  संसदीय निर्वाचनदेखि भोट हाल्न थालेको बताउने सार्कीले यो पटक गाउँमै सिंहदरबार हुन्छ भन्ने हल्ला गरेका छन् । ‘कस्तो रहेछ सिंहदरबार हेर्न सारै  मन लागेको छ,’ उनले भने ।

त्यस्तै, जुनीचाँदे गाउँपालिका ५ की ६६ वर्षीया शीतला शाहलाई पनि भोट हाल्ने दिन कहिले आउला जस्तै भएको छ। ‘१८ वर्ष भयो भोट हाल्न नपाएको बल्ल फेरि भोट हाल्ने दिन आएको छ,’ उनले भनिन्, ‘यो पटक सिंहदरबारको अधिकार गाउँमै आउँछ रे।’ त्यसैले कहिले भोट हाल्न जाने दिन आउला जस्तै भएको छ, उनलाई ।

मनले खाको मान्छेलाइ भोट हाल्ने हो  यो पटक  त उनले थपिन् ।  शितला शाह जस्तै  छेडागाड नगरपालिका  पजारुका ८० वर्षीया दलवीर टमाटालाइ पनि भोट हाल्न निकै आतुरी भएको छ ।  यो पटक त सवै कुरा गाँउमै आउछ रे  छिटो भोट हाल्न पाए  सदरमुकाम जाने दिन सकिन्थे कि? उनले भने ।
‘सबै कुरा गाउँमै आउँछन्, भोट हाल्नु मात्र भन्छन्। भोट त मनले खाकोलाई हाल्ने हो,’ दलवीरले भने ।  पञ्चायतकाल देखि बहुदलसम्म भोट  हालियो  तर यो गाउँ फेरिएन अव फेरिन्छ कि भन्ने आसा लागेको छ,’ उनले भने।

मतदातालाई भोट हाल्ने तरीकादेखि भोटको महत्व वारेका विभिन्न पोष्टर पम्पलेटहरु गाँउघरका भित्ताहरुमा सजिन थालेपछि झन् उनीहरुमा भोट हाल्न  व्यग्रता बढेको वारेकोट गाउँपालिकाका स्थानीय वुद्धिजीवी गोरखबहादुर सिंहले बताए ।

गाउँभर  निर्वाचन शिक्षासम्बन्धी पोष्टर र केही दलहरुका पोष्टरहरु देखेपछि स्थानीयहरुमा भोट हाल्ने रहर तीव्र बनेको  उनले वताए। दलका नेताहरुले अब सबै अधिकार गाउँमै आउँछ भनेर भाषण गर्दै हिँडेका छन् । त्यसैले  जनतामा झन बढी उत्साह छाएको छ, उनले  भने।

जिल्लाका सदरमुकामदेखि गाउँ सम्मका वस्तीहरुमा स्थानीय मतदाताहरु भोट हाल्न  आतुर देखिए पनि दलहरुले भने आफना उम्मेदवार छान्न सकेका छैनन्।  तर  उम्मेदवार वन्न सम्भावना भएका दलका  नेता कार्यकर्ताहरुले भने  आफनो पार्टीको प्रचार अभियानलाई  तीव्र बनाउन थालेका छन्।

आन्तरिक विवादका कारण  दलहरुले गाउँपालिका र नगरपालिकाका उम्मेद्वारहरु छान्नमा ढिलाइ गरेको सरोकारवालाहरु बताउँछन्। तीन नगरपालिका र ४ गाउँपालिका भएको जाजरकोटमा केहि दिन भित्रै दलहरुले  उम्मेदवारहरुको टुंगो लगाउने वुझिएको छ।

 

प्रकाशित: १२ वैशाख २०७४ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App