१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वन विवाद सुल्झाउन माग गर्दै प्रशासन पुगेका स्थानीयमाथी लाठिचार्ज

जुम्ला- चन्दननाथ नगरपालिका ९ वयालकाटियाका स्थानीय माथी प्रहरीले लाठिचार्ज गरेको छ। गाउँको वनविवाद सुल्झाई दिन माग गर्दै जिल्ला प्रशासन पुगेका स्थानीयलाई प्रहरीले लाठिचार्ज  १० भन्दा बढी घाईते भएका छन्। उनीहरुले वनविवाद सुल्झाएर सहजवातावरण सृजना गर्नु पर्नेमा उल्टै लाठिचार्ज गरेर अपमान गरेको आरोप लगाएका छन्।

प्रहरीले गरेको लाठिचार्जले अधिकांस महिला घाईते भएका छन्। वयालकाटियाका पार्वती गिरी,कोलका गिरी,गोविन्द गिरी,ज्योति गिरी,चैति गिरी,चक्र गिरी,दुर्ग गिरी,तुलाराज गिरी,खड्काराज गिरी,एकुमाया गिरी, र जुनतारा गिरी घाईते भएका हुन्। घाईते सवैलाई प्रहरीको भ्यानमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि लगिएको छ। यता सुरेन्द्र गिरीलाई प्रहरीले नियन्त्रणमा लिइएको स्थानीय तुलराज गिरीले जानकारी दिए।

पहिले देखि चरन भोग गर्दै आईरहेको शम्भुनाथ माझ वन पछिल्लो समयमा तलिउम गाउँकाले मात्र प्रयोग गरेपछि विवाद भएको थियो। विवादित वनलाई विशेष वन वनाउन स्थानीयले पटक पटक जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालय जुम्लामा माग गर्दै आईराखेका थिए।

दुई दिन अघि तलिउम गाउँका महिला सो वनका पिरल संकलन गर्न शुरु गरेपछि वयालकाटियाका महिला पिरल ल्याउन गएका थिए। वयालकाटियाका महिलाले ल्याएको पिरल तलिउमका स्थानीयले कव्जा गरेर जलाईदिएपनि उनीहरु स्थानीय प्रशासनसंग गुहार माग्न वाध्य भएका हुन्।

जूम्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले स्थानीयले नाराजुलसमा प्रयोग गरेका प्लेकार्डले प्रहरीलाई प्रहार गर्न थालेपछि दंगा भड्किएको प्रतिक्रिया दिए। उनले भने, आन्दोलनकारी जवरजस्ती प्रशासन कार्यालयको ढोका भित्र प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको र उल्टै प्रहरी माथि स्थानीयले हातपात गरेपछि प्रहरी लाठिचार्ज गर्न वाध्य भएको बताए। स्थानीयको प्रहारवाट ४ जना प्रहरी घाइते भएको उनले बताए।

 

प्रकाशित: १२ वैशाख २०७४ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App