coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेले संविधान संशोधनको प्रतिवाद गर्ने

काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अघि सारेको संविधान सशोधन प्रस्तावका संसदमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले सरकारले अघि सारेको विधेयक देश हित विपरित रहेको ठहर गर्दै त्यसलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ।

‘बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक राष्ट्रिय हितविपरीत, संविधानको मर्म भावनाको विपरीत, जनचाहिना विपरीत, २०६२/०६३ जनक्रान्तिका भावनाविरुद्ध तथा राजनीतिक दलहरूबीचमा धु्रवीकरण गर्दै मुलुकलाई थप अस्थिरताको दिशातिर धकेल्ने गम्भीर षड्यन्त्रसहित आएको ठहर गर्दै संविधान संशोधनको उक्त विधेयकलाई संसदभित्र कडा प्रतिवाद गर्ने निर्णय गरेको छ’ बैठकपछि एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्थायी कमिटीको बैठकले सरकारले अघि सारेको विधेयक देश हित विपरित रहेको ठहर गर्दै त्यसलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ।

‘आन्दोलनका सहयात्री दलहरूबीचमा न्यूनतम सहमति निर्माण गर्दै मुलुकलाई अग्रगामी दिशा दिनुपर्ने ऐतिहासिक दायित्वलाई सरकारद्वारा बेवास्ता गर्दै ल्याइएको यो संशोधन विधेयक तत्काल फिर्ता गर्न’ सरकारलको एमालेले ध्यानाकर्षण गरेको छ।

सरकारले आन्दोलनरत मधेशी मोर्चाको माग पुरा गराउन गत साता मात्रै संविधान सशोधनको नयाँ प्रस्ताव संसदमा दर्ता गरेको छ। तर सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार सशोधन प्रस्तावमाथि परिमार्जन गर्ने पनि सहमति भएको छ।

यसैबीच एमालेले सरकारले दुई चरणमको नामा बारेमा अन्यौल उत्पन्न गराएको ठहर गरेको छ। एमालेले ‘सिंगो मुलुक वैशाख ३१ गतेको निर्वाचनको तयारीमा जुटिरहेको बेलामा निर्वाचनलाई नै अनिश्चयतिर धकेल्ने र मुलुकलाई थप अस्थिरतातिर लैजाने दूराशयपूर्ण उद्देश्यसहित निर्वाचनलाई दुई चरण गर्ने योजना अघि सारेको जनाएको छ। 

‘निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहितालाई उल्लंघन गर्ने, जेठ १५ गते संसदमा वार्षिक बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै निर्वाचनलाई प्रभावित गर्ने गरी प्रस्तुत भएका निर्वाचनसम्बन्धी कतिपय विषयहरूमा हाम्रो गम्भीर असहमति रहेको छ’ विज्ञप्तिमा भनिएको छ।

एमालेको उच्चस्तरी प्रतिनिधि मण्डलले मंगलबार नै निर्वाचन आयोगसमक्ष औपचारिक ध्यानाकर्षण गराउने जनाएको छ।

यसैगरी स्थानीय तहको निर्वाचनका लागि पार्टी केन्द्रद्वारा निर्णय गर्नुपर्ने उम्मेदवारहरू, पार्टीको चुनावी घोषणापत्र लगायतका विषयमा छलफल गर्न स्थायी समितिको अर्को बैठक बुधबार अध्यक्ष ओली निवासमा बस्ने जनाएको छ।

 

प्रकाशित: १२ वैशाख २०७४ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App