coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेद्वारा सदन अवरुद्ध

काठमाडौं— संविधानको व्यवस्था प्रतिकूल हुनेगरी सरकारले स्थानीय तह संख्या बढाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गरेको छ।

मंगलबार संसदको बैठक सुरु हुनासाथ एमाले सांसद गंगालाल तुलाधरले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन उल्लंघन गर्नेगरी वैशाख १४ गतेभित्र संख्या बढाउन विभिन्न जिल्लामा परिपत्र गरेको आरोप लगाए। निर्वाचन मिति तोकिसकिएको अवस्थामा सरकारले स्थानीय तह बढाउन खोजेर निर्वाचन रोक्न षडयन्त्रमा लागेको अारोप लगाए।

यस विषयमा स्थानीय विकास मन्त्रीले सदनलाई जानकारी नदिएसम्म सदन अघि बढ्न नसक्ने उनले बताएपछि एमाले सांसदहरु अा-अाफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए। एमालेको अवरोधका कारण सभामुख अाेनसारी घर्तीमगरले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेको सूचित गरिन्।

प्रकाशित: १२ वैशाख २०७४ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App