coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आईफोनसहित ठमेलबाट भट्टराई पक्राउ

काठमाडौं— धादिङ, मैदी–२ का राजन भट्टराई २६ थान आईफोनसहित ठमेलबाट पक्राउ परेका छन्। धादिङ्ग मैदी–२ घर भएका २७ वर्षीय उनले भन्सार छली गरी राजस्व नतिरी आईफोन भित्र्याएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा काठमाडौं–२९ ठमेलस्थित नमस्ते गेष्ट हाउसबाट उनलाई पक्राउ गरेको हो। चौथो तल्लामा रहेको कोठा नम्बर ११० बाट भट्टरालाई प्रहरीले उपरोक्त परिमाणको आईफोनसहित पक्राउ गरेको हो।  

आईफोन बरामद गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। ती आइफोनको बजार मूल्य ३० लाख रुपैयाँभन्दा बढी पर्ने जनाइएको छ।

 

प्रकाशित: १२ वैशाख २०७४ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App