coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिक नायक सम्मानित

मिडियाका प्रबन्ध निर्देशक विनाेदराज ज्ञवाली तथा निर्देशक शोभा ज्ञवाली नागरिक नायक धुर्मुस सुन्तलीलाई सम्मान प्रदान गर्दै।

काठमाडौं- नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

राजधानीको सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा नागरिक नायक धुर्मुस-सुन्तली, पाँच दशकदेखि खुम्बुको बाटो बनाउन क्रियाशील पासाङ शेर्पा एवं कठोर संघर्षकाबीच १९ सफल सरकारी सञ्चालन गरेर उदाहरणीय बनेकी फूलकुमारी योञ्जनलाई मिडियाका प्रबन्ध निर्देशक विनाेदराज ज्ञवाली तथा निर्देशक शोभा ज्ञवाली सम्मानित गरेको हो।

मुलुकका विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने अन्य ९ जनालाई नागरिक नायक घोषित गरिएको छ। काठमाडौंका उत्तम सञ्जेल, पर्साका विश्वनाथ साह, कैलालीका कालु हमाल, बाँकेका चन्द्रनाथ योगी र मौलाना अब्दुल जब्बार मञ्जरी, सुनसरीकी सरला कायस्थ, कास्कीका सानबाबु सुनुवारलाई नागरिक नायक घोषित गरिएको हो।

रेडियो नागरिक उद्‌घाटन

कार्यकारी निर्देशक सम्वृद्धि ज्ञवालीले नेपालको मिडिया उद्योगको दुई महत्वपूर्ण प्रस्थान बिन्दूमा आफ्ना हजुर बुवा (हेमराज ज्ञवाली) ले पुर्‌याएको योगदान स्मरण गरिन्। 'नेपालको इतिहासमा २०४६ र २०६२/२०६३ को राजनीतिक परिवर्तन महत्वपूर्ण घटना हुन्', उनले भनिन्, 'लोकतन्त्र संस्थागत गर्न मेरा हजुरबुवा दुवै कालखण्डमा निजी क्षेत्रबाट समाचारपत्रको प्रकाशनको त्यो जिम्मेवारीमा रहेको विषयले हामीलाई गौरवान्वित तुल्याएको छ।'

नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीले सोमबारदेखि सञ्चालनमा आएको रेडियो नागरिक उद्घाटन गरे। ९६.५ मेगाहर्जमा काठमाडौंमा सुन्न सकिने रेडियो मिडियाको पहिलो इलेक्ट्रोनिक 'भेन्चर' हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै मिडियाकी कार्यकारी निर्देशक सम्वृद्धि ज्ञवालीले नेपालको मिडिया उद्योगको दुई महत्वपूर्ण प्रस्थान बिन्दूमा आफ्ना हजुर बुवा (हेमराज ज्ञवाली) ले पुर्‌याएको योगदान स्मरण गरिन्। 'नेपालको इतिहासमा २०४६ र २०६२/२०६३ को राजनीतिक परिवर्तन महत्वपूर्ण घटना हुन्', उनले भनिन्, 'लोकतन्त्र संस्थागत गर्न मेरा हजुरबुवा दुवै कालखण्डमा निजी क्षेत्रबाट समाचारपत्रको प्रकाशनको त्यो जिम्मेवारीमा रहेको विषयले हामीलाई गौरवान्वित तुल्याएको छ।'

नागरिक नायक घोषित धुर्मुस-सुन्तली, पासाङ शेर्पा तथा फूलकुमारी योञ्जनसँग नागरिक र रिपब्लिकाका सम्पादकद्व गुणराज लुइँटेल तथा सुभाष घिमिरेले अन्तरक्रिया गरेका थिए।

नायक फूलकुमारीले समाजले हौसला र साहस थपिदिए महिलालाई अघि बढाउन कोसिस गर्ने बताइन्। गाउँले महिलाको जीवन अझै पनि समस्यामा रहेको भन्दै त्यसलाई समाधान गर्न शिक्षा, जनचेतना र आर्थिक पहुँच बढाउनु पर्ने बताइन्।

कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले गलत नेतृत्वका कारण देश सम्वृद्ध हुन नसकेको औंल्याए। उनले देशमा माफियातन्त्र मौलाएको र अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गरे। संविधानमा समाजवाद उन्मुख लेखिए पनि स्वास्थ्य र शिक्षा क्षेत्र चरम व्यवसायउन्मुख भएको उनले औंल्याए। स्वास्थ्य क्षेत्रमा माफियातन्त्र मौलाएकै कारणले १० औ पटक सत्याग्रह गर्नु परेको उनको भनाइ थियो।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व सचिव रामेश्वर खनालले परिवार र व्याक्ति  स्वार्थ त्यागेर समाधानको बाटो देखाउँदै काम गर्नु पर्ने बताए। २० प्रतिशत मानिसले मात्र त्याग गर्न सके समाज बन्ने उनको धारणा थियो।

नागरिक नायक पासाङ शेर्पाले कठिन ठाउँमा बाटो खन्न जीवन पर्यन्त लाग्ने बताए। शेर्पाले ३५ बर्षदेखि सोलुको फेरिचेदेखि खुम्जुङसम्म एक्लै बाटो खनेका छन्।

अप्ठेरो बाटोमा धेरैले कठिनाइ भोगेको देखेका कारण बाटो खनेको उनले सुनाए। उनले देश विकासको मुल फुटाउनु पर्ने बताए। उनले आफ्नो जीवनभर बाटो खनिरहने बताए।

तीन ठाउँमा एकीकृत बस्ति बसाउने ध्रुमुस, सुन्तली सीताराम कट्टेल र कुञ्जना घिमिरेले कार्यक्रममा बोल्दै आफ्नो 'मिनी नेपाल' बनाउने नयाँ योजना सार्वजनिक गरे।

उनीहरुले ७५ वटै जिल्लाबाट गरिव परिवार छानेर हिमाल, पहाड र तराइ झल्कने एकीकृत बस्ने बसाउने नयाँ योजना घोषणा गरेका हुन्। 

नागरिक

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App