६ वैशाख २०८१ बिहीबार
समाज

तस्कर र प्रहरीबीच झडप, ३ प्रहरी घाइते

बारा– भारतबाट तस्करी गरी ल्याउँदै गरेको माल वस्तुहरुलाई नियन्त्रण गर्न खोज्दा सोमबार बिहान प्रहरी र तस्कर समुहबीच कलैया उपमहानगरपालिकाको धर्मनगर टोलमा झडप भएको छ।

तस्करहरुले मटिअर्वा नाकाबाट भन्सार छली गरेको मालवस्तुहरुलाई कलैया ल्याउँदै गर्दा त्यसलाई नियन्त्रण गर्न खोज्दा तस्करसँग झडपमा हुँदा तीन जना प्रहरी घाइते भएको बारा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले भारतबाट चोरी पैठारी गरी ल्याइँदै गरेको मेसिनरी पार्टस, इलेक्ट्रनिक्स समाग्री सुर्ती, चिनी, कपडा, गुट्खालगायतका सामान नियन्त्रणमा लिन क्रममा तस्कर समुहले प्रहरीमाथि अक्रमण गरेको बताएका छन्।

विगन साह र फुलेना साहके नेतृत्वमा रहेका ३०–३५ जनाको तस्करहरुको समुहले प्रहरीमाथि आक्रमण गरेको उनले बताए।

तस्करहरुको आक्रमणमा परी जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरीको टोलीमध्ये प्रहरी हवल्दार शेख मसरुल, प्रहरी जवान चन्देश्वर सिंह, अर्का प्रहरी जवान जगमोहन राउत घाइते भएको उप्रेतीले जनाएका छन्।

प्रहरी हवल्दार शेख मसरुलको टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ।

घाइते प्रहरी हवल्दार शेखलाई थप उपचारको लागि काठमाडौंको प्रहरी अस्पतालमा पठाइएको छ। घाइते भई शेख लडेपछि शेखले बोकेको सटगन तस्करले लुटेरसमेत लगेकोमा प्रहरीले खोज तलास गर्दा उक्त सटगन फेला पारिएको उप्रेतीले बताए।

तस्करहरुले भारतसँग सीमाना जोडिएको नाकाहरुबाट भन्सार छलीको माल वस्तुहरु सुरक्षाकर्मीहरुकै मिलोमतोमा भित्रियाउँदै आएका छन्।

जिल्ला प्रहरी बाराले अपराध नियन्त्रण गर्न नाममा खटाएको घुमुवा प्रहरीको टोलीले तस्करसँग महिनवारी लिने गरेको र अर्का प्रहरी टोलीले माल वस्तुहरु नियन्त्रण गर्न खाजिए पनि आक्रोसित भएका तस्करहरुले प्रहरी माथि आक्रणमा गरेको तस्कर समुहका एक सदस्यले बताएका छन्।

तस्करहरुले प्रहरी माथि आक्रामण गरी हतियार समेत लुटेको घटना सार्वजनिक भएपछि मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले नारायणी अञ्चल प्रहरी प्रमुखको नेतृत्वमा छानबिन टोलीसमेत खटाएको छ।
मध्य क्षेत्रीय प्रहरी प्रमुख डिआईजी गणेश केसीले तस्करीहरुले प्रहरीमाथि गरेको आक्रमण गर्नु कार्य असहय भएको र यसको बारेमा अनुसन्धान शुरु गरिएको बताएका छन्।

केही प्रहरीहरुको मिलोमतोमा तस्करहरुले भारतबाट चोरी पैठारी गरी माल वस्तुहरुलाई भित्रियाउने गरेको र अर्का प्रहरी टोलीले नियन्त्रण गर्न जाँदा प्रहरीमाथि आक्रमण गरिएको र अहिले अनुसन्धान भइरहेकोको बताए ।

डिआईजी केसीले घटनाको बारेमा अनुसन्धान गर्न नारायणी अञ्चल प्रहरी प्रमुख एसएसपी सूर्यप्रसाद उपाध्यायलाई खटाएको र कुनै प्रहरीको कारणले यस्तो घटना भएको फेला परेमा त्यसलाई कारवाही गरीने उनले बताए।

प्रहरीमाथि आक्रामण गरेको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको र यसको बारेमा पक्राउ परेकोहरुबाट अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक उप्रेतीले बताए।

तस्करहरुले सोमबार कलैया ल्याउँदै गरेका तस्करीका माल बस्तुहरु भारतबाट मटिअर्वा नाकाबाटै भित्रियाएको र मटिअर्वा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहने गरेको छ।

 

प्रकाशित: ११ वैशाख २०७४ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App