coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रूकुममा मिनिबस दुर्घटना, चार घाइते

रुकुम – रुकुमको खलंगामा मिनिबस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 
मुसिकोट खलंगाबाट चौरजहारी नगरपालिकाको नुवाकोट जाँदै गरेको ग १ ख ४२४५ नम्बरको मिनिबस सोमबार दिउँसो दुर्घटना भएको हो । 

दुर्घटना परी त्रिवेणी गाउँपालिका वडा नं. १० का २६ वर्षीय दुर्गा बहादुर खड्का, मुसीकोट नगरपालिका वडा नं. ११ की ३५ वर्षीया मैना पुन, सोही गाउँकी २५ वर्षीया गिता ओली पुन र २७ वर्षिया गिता खड्का घाइते भएका छन् । 

घाइते मध्ये गिता ओली पुन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अंगुर जिसीले बताए । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

बसमा १५ यात्रु सवार थिए । 

प्रकाशित: ११ वैशाख २०७४ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App