६ वैशाख २०८१ बिहीबार
राजनीति

डिआइजी सिलवाललाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ –  सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधिस सुशिला कार्कीको एकल इजलासले सोमबार सिलवाललाई निर्पध्वज निरौलाको रोहवरमा वरिष्ठ अधिवक्ता शम्भुको थापाको जमानीमा तत्काल थुनामुक्त गर्ने अादेश दिएको हो । 

डिआइजी सिलवाललाई सोमबार बिहान उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिइ थुनामा राखेको थियो । अदालतमा बुझाएको प्रमाणमा कीर्ते गरेको अभियोगमा उनलाई प्रहरी प्रधान कार्यालयले सोमबार नियन्त्रणमा लिएको थियाे ।

सरकारले प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेपछि त्यसविरुद्ध सिलवालले सर्वोच्चमा रिट हालेका थिए। उनले रिटसँगै गोप्य रहने कार्यसम्पादन मूल्यांकनको कपीसमेत बुझाएका थिए। कीर्ते गरी प्रकाश अर्याललाई आफूभन्दा बढी नम्बर दिएको दाबी उनले गर्दै आएका छन्। सरकारले कार्यसम्पादन मूल्यांकन फारममा सिलवालले नै छेडछाड गरेको दाबी गर्दै अनुसन्धानको लागि निर्देशन दिएको थियो।

प्रकाशित: ११ वैशाख २०७४ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App