६ वैशाख २०८१ बिहीबार
अर्थ

थामखर्क विमानस्थल कालोपत्रे सुरु

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा कालोपत्रेका काम थालिएको छ । नेपाल नागरिक उड्यान प्राधिकरणको ९ करोड २५ लाख २९ हजार लागतमा ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले कालोपत्रेका प्रारम्भिक चरणका काम सुरु गरेको हो ।

 कालोपत्रेका काम सुरु गरिएसँगै थामखर्कमा चैत्र १३ गतेदेखि उडान रोकिएको छ । हाल विमानस्थलमा कालोपत्रेका लागि रन–वेमा ग्राभेलिङका काम भइरहेको थामखर्क बिमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले बताए । 

दशैं तिहारमा आवत जावत गर्ने यात्रुको सहजतालाई मध्यनजर गर्दै आउँदो दशैँसम्ममा ग्राभेलिङका काम पूरा गर्नेगरी काम भइरहेको छ । ग्राभेलिङका काम सकिएपछि दशैंतिहारको आसपासमा उडान गरेर माघदेखि धानवमार्गमा कालोपत्रे राख्न सुरु गरिने ठेकेदार कम्पनीले बताएको छ । २०७२ सालमा डिटेल सर्भे गरिएको विमानस्थलको कालोपत्रेका लागि आर्थिक वर्ष २०७२/०७३ मा साँढे पाँच करोड रुपैयाँ बजेट छुट्टिएको थियो । 

दक्षिणी क्षेत्रका सर्वसाधरणलाई लक्ष्यीत गरेर २०५६ सालबाट उडान सुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षा याम लागेसँगै अवरुद्ध हुने गरेको छ । थामखर्क बिमानस्थल दुई वर्षमा पूरा गर्नेगरी ठेकेदार कम्पनीले जिम्मा लिएका हुन् । रौता कन्ट्रक्सनले कालोपत्रेका काम ठेकेदार महेश रेग्मीको जिम्मामा छाडेको छ । 

थामखर्क बिमानस्थलबाट जिल्लाका दक्षिणी क्षेत्रका २० गाविस सहित छिमेकी जिल्ला भोजपुरका केही गाबिसका सर्वसाधरण समेत लाभान्बित हुँदैआएको छ । सडक यातायातको सुविधा नपुगेको त्यसक्षेत्रमा थामखर्क बिमानस्थल एक मात्र यातायातको बिकल्पकारुपमा रहेको छ । बाह्रै महिना उडान नहुने भएका कारण त्यस क्षेत्रका सर्वसाधरणले विरामी भएको समयमा अकालमा धेरैले ज्यान गुमाउनुपर्ने बाध्यता छ । 

थामखर्कमा उडान नहुँदा त्यसक्षेत्रका सर्वसाधारण दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल नजिक रहेको खानीडाँडा विमानस्थल प्रयोग गर्न बाध्य छन् । जिल्लामा थामखर्क सहित खानीडाँडा र लामीडाँडा विमानस्थल छन् । 

प्रकाशित: ११ वैशाख २०७४ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App