८ वैशाख २०८१ शनिबार
समाज

डिआईजी सिलवाल रिहाई माग गर्दै बन्दी प्रत्यक्षीकरण निवेदन

डिअाइजी नवराज सिलवाल। फाइल तस्विर

काठमाडौं— डिआईजी नवराज सिलवाललाई गैरन्यायिक रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ। निवेदन पेशी आजै राखिएको र सो रिटमा आजै आदेश गर्ने तयारी सर्वोच्चले गरेको छ।

सर्वोच्च अदालतले तत्काल बन्दीसहित अदालत उपस्थित गराउन वा धरौटी वा धरौटीबिना रिहा गर्न आदेश दिन सक्नेछ।

निवेदनमाथि प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासमा सुनुवाइ हुँदैछ। अधिवक्ता पूर्णप्रसाद राजवंशीले डिआईजी सिलवाललाई गैरन्यायिक थुनामा राखिएको भन्दै तत्काल रिहा माग गरी निवेदन दायर गरेका हुन्।

सर्वोच्च अदालतले तत्काल बन्दीसहित अदालत उपस्थित गराउन वा धरौटी वा धरौटीबिना रिहा गर्न आदेश दिन सक्नेछ।

अदालतमा बुझाएको प्रमाणमा कीर्ते गरेको अभियोगमा उनलाई प्रहरी प्रधान कार्यालयले सोमबार नियन्त्रणमा लिएको हो। वैशाख १९ अघि उनलाई निलम्बन गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ।

सोमबार उनलाई घरैबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी प्रवक्ता सर्वेन्द्र खानालले छानबिन समितिले बयानका लागि सिलवाललाई बोलाएको जानकारी दिए।

सिलवालले आफ्नो कानुनी सहयोगीसँग परामर्श गरेपछि बालुवाटारमा रहेको शम्भु थापाको घरमा पुर्योइएको थियो। सिलवाललाई अहिले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा राखिएको छ।

सरकारले प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेपछि त्यसविरुद्ध सिलवालले सर्वोच्चमा रिट हालेका थिए। उनले रिटसँगै गोप्य रहने कार्यसम्पादन मूल्यांकनको कपीसमेत बुझाएका थिए। कीर्ते गरी प्रकाश अर्याललाई आफूभन्दा बढी नम्बर दिएको दाबी उनले गर्दै आएका छन्। सरकारले कार्यसम्पादन मूल्यांकन फारममा सिलवालले नै छेडछाड गरेको दाबी गर्दै अनुसन्धानको लागि निर्देशन दिएको थियो।

सरकारको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
 

प्रकाशित: ११ वैशाख २०७४ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App