७ वैशाख २०८१ शुक्रबार
खेल

अर्घाखाँचीमा पहिलो पटक क्रिकेट लिग

अर्घाखाँची – अर्घाखाँची सामुदायिक विकास क्लवद्वारा सञ्चालित त्रिकेट एकेडेमीले जेठ १५ गते देखि सन्धिखर्कमा पहिलो पटक लिग सिस्टममा आधारित त्रिकेट प्रगियोगिताको आयोजना गर्ने भएको छ । 

‘जिल्लाबाट राष्ट्रिय स्तरमा खेल्ने खेलाडी तयार पार्ने हाम्रो अभियानमा सबै पक्षको सहयोगको उत्तकै खाँचो छ ।’

खेलको विजेतालाई नगद १ लाख र उपविजेतालाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष ऋषिकेश भट्टराइले जानकारी दिए । खेलमा चार टिमले भाग लिने छन् । उक्त चार टिमको कप्तानका रुपमा विक्रम भुसाल, सन्जु भुसाल, त्रिभुज कार्की र जीवन भट्टराई रहनेछन् । एक टिममा दुई जना जिल्ला बाहिरका खेलाडी समावेश हुनेछन् ।   

खेलमा प्लेयर अफ टुर्नामेन्ट हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था मिलाइएको छ भने प्रत्येक खेलमा बलिङ्ग, ब्याटिङ्ग, फिल्डिङ्ग र धेरै छक्का प्रहार गर्नेलाई पनि नगर पुरस्कार प्रदान गरिनेछ । अशोक इमोर्जिङ्ग उदयमान खेलाडीको रुपमा एक जनालाई नगर ५ हजारबाट पुरस्कृत गरिने आयोजकले बताएको छ । वैशाख २० गते सम्मका लागि खेलाडी छनोटका लागि आवेदन खुला गरिएको छ । 

अध्यक्ष भट्टराईले खेल सम्पन्न गर्नका लागि आर्थिक, भौतिक र नौतिक सहयोग आवश्यक हुने भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । ‘क्रिकेट खेलको विकासका लागि क्लवले जिल्लामा धेरै कामहरू गर्दैछ’ उनले भने, ‘जिल्लाबाट राष्ट्रिय स्तरमा खेल्ने खेलाडी तयार पार्ने हाम्रो अभियानमा सबै पक्षको सहयोगको उत्तकै खाँचो छ ।’ क्लवले एकेडेमी मार्फत क्रिकेट खेलको प्रशिक्षण दिनुका साथै बेलाबेलामा प्रतियोगिता आयोजना गर्दै आएको छ ।  

प्रकाशित: ११ वैशाख २०७४ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App