५ वैशाख २०८१ बुधबार
प्रवास

अमेरिकामा दुई नेपालीको मृत्यु

टेक्सस – अमेरिकाको छुट्टाछुट्टै दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ । गत साता क्यालिफोर्नियामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको चार दिन नबित्दै शनिबार मिनिसोटामा अर्का नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ । 

उत्तरी राज्य मिनिसोटाको साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापाको शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो । मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाका अनुसार उच्च शिक्षाका लागि उनी सन् २०१५ अगष्टमा अमेरिका आएका थिए । 

उनी हस्पिटालिटी मेनेजमेन्ट अध्ययन गर्न अमेरिका आएका हुन् । लमजुङको सुन्दरबजार–३ भोटेओढार घर भएका २० वर्षिय थापाको शवलाई अहिले पोस्टमार्टका लागि स्थानीय अस्पतालमा राखिएको छ । शनिबारदेखि नदीमा डुबेर हराइरहेका उनको शव आइतबार बिहान भेटिएको थियो । 

गत सोमबार क्यालिफोर्नियाको डेभिस नजिकै बागलुङ घर भएका २० वर्षीय निराजन पुनको सडक दुर्घटनामा मृत्यु भएको थियो । दुई वर्ष अघि अण्डर–१९ फुटबल खेल्न अमेरिका आएका पुन यतै बसेका थिए । उनी स्थानीय रेस्टुरामा काम गर्थे । 

अमेरिकामा नेपालीहरूको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । नेपाली युवाहरू विशेषगरी सवारी दुर्घटनामा पर्दै आएका छन् । ६०/६५ माइल प्रतिघण्टाको स्पिडमा गाडी चलाउनुपर्ने हाइवेहरूमा विशेषगरी युवाहरूले त्यो भन्दा बढी गतिमा चलाउँदा दुर्घटना हुने गरेको छ । 

प्रकाशित: ११ वैशाख २०७४ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App