coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेको कर्मचारी संगठनमा कुटाकुट

काठमाडौं— आधिकारिक निजामति कर्मचारीको ट्र्ेड युनियनको निर्वाचनमा पहिलो स्थानमा रहेको एमाले सम्वद्ध नेपाल निजामति कर्मचारी संगठनमा अध्यक्ष लगायतका अन्य पदमा कसलाई पठाउने भन्ने विवाद हुँदा केपी शर्मा ओली र माधव नेपाल पक्षका पदाधिकारीहरुवीचनै कुटाकुट भएको छ।

बुधवारदेखि सुरु भएको संगठनको बैठकमा निजामति ट्रेड युनियनमा विवाद हुँदा ओली पक्षका संगठनका अध्यक्ष पुण्ड्य ढकाल र अर्का दावेदार माधव नेपाल पक्षधर भोला पोखरेलवीच विवाद हुँदा कुटाकुट भएको हो ।

स्रोतका अनुसार तीनदिनदेखि बसेको बैठकमा पदाधिकारीहरुवीच विवाद भएपछि अध्यक्ष ढकालले शुक्रबार विहान बैठक स्थगित गर्न खोजेका थिए । सोही समयमा पोखरेल पक्षका पदाधिकारीहरुले बैठक स्थगित नगर्न भन्दै उनैमाथि हातपातको प्रयास गर्दा झडप भएको हो । ढकाललाई हातपात गर्न गएको समुहलाई रोक्न खोज्दा संगठनका सचिव  गंगा सुनुवार घाइते भएका छन्। संगठनमा पोखरेल समूहको वर्चश्व छ । ढकाल पक्षधरले आफ्नै नेतृत्वमा ट्रेड युनियन निर्वाचनमा बहुमत ल्याएको र अध्यक्ष समेत रहेकाले  सहमतिमा ढकाललाई नै ट्रेड युनियनको अध्यक्ष बनाउनुपर्ने पक्षमा देखिएको छ। पोखरेल पक्ष भने कार्यसमितिमा आफ्नो बर्चश्व भएकाले पोखरेललाई अध्यक्ष बनाउनुपर्ने अडानमा छ।

‘अध्यक्षलाई नै सर्वसम्मत रुपमा पठाउँ भन्ने ढकाल पक्षधरको हो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने ‘पोखरेलपक्षधर भने निर्वाचनै गरेर भएपनि पोखरेललाई पठाउनुपर्छ भन्नेमा छन्, सोही क्रममा अध्यक्षले सर्वसम्मतीमा चयन गरौं भनेर बैठक स्थगित गर्न खोज्दा अर्काे पक्षबाट आक्रमण भएको हो।’

केही साथीको अराजक र अनुशासनहीन मानसिकताका कारण घटना हुन पुगेको अध्यक्ष ढकालले बताए । ‘हामी बैठक गरिरहेका थियौं’, उनले नागरिकसँग भने, ‘सहमति गरेर अघि बढौं भन्ने कुरा आएपछि केही साथीहरु हात हालाहालको स्थितिमा उत्रिनु भयो। यस्तो अनुशासनहीन कार्यले अपमानित भएको अनुभव भएको छ।’


दुई साता पहिले सम्पन्न कर्मचारीको साझा ट्रेड युनियनमा एमाले सम्वद्ध संगठनले ११ सिट, कांग्रेस सम्वद्ध नेपाल निजामति कर्मचारी युनियन संघले ७ सिट र माओवादी सम्वद्ध राष्ट्रिय कर्मचारी संगठनले २ सिट जितेका थिए । जसअन्र्तगत संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ८ सदस्य सहित ११ पदाधिकारी पाएको थियो भने कांग्रेस सम्वद्ध संघले महासचिव र अन्य पाँच सदस्य गरी छ पदाधिकारी पाएको थियो ।

संघले चार दिन अघिनै आफ्ना पदाधिकारीको नाम सिफारिस गरिसकेको छ । माओवादीले पनि आफुले प्राप्त गरेको दुई सिटमा अझै पदाधिकारी सिफारिस गरेको छैन।
 

प्रकाशित: ३ असार २०७३ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App