जग्गा एकीकरण बन्दै आकर्षक विकल्प

सोमबार, ११ बैशाख २०७४, ०८ : ०६ हिमाल लम्साल  | @mtlamsal

काठमाडौं- काठमाडौं उपत्यकामा जग्गा एकीकरणमार्फत व्यवस्थित सहरीकरण प्रभावकारी बन्दै आएको छ। छरिएका र अस्तव्यस्त बस्तीलाई जग्गा एकीकरणमार्फत आकर्षक, चिटिक्क र व्यवस्थित आवासीय क्षेत्र बनाइएपछि यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो।

काठमाडौं उपत्यका विकास प्राधिकरणले जग्गा एकीकरणमार्फत उपत्यकामा सिनामंगल टाउन प्लानिङ, भैंसेपाटी टाउन प्लानिङ, कमलविनायक, लिवाली, सामाखुसी टाउन प्लानिङलगायत २२ स्थानमा व्यवस्थित सहरीकरण आयोजना सम्पन्न गरिसकेको छ।

प्राधिकरणले जग्गा एकीकरण मोेडल सफल भएसँगै अहिले बाहिरी चक्रपथ जग्गा एकीकरणमार्फत नै व्यवस्थित सहरीकरण गर्ने योजना अघि बढाइएको प्राधिकरणका आयुक्त डा.भाइकाजी तिवारीले बताए। ‘जग्गा एकीकरण मोडल अहिले काठमाडौं उपत्यकामा निकै प्रभावकारी भइरहेको छ। त्यसैले बाहिरी चक्रपथ र नयाँ सहर बनाउनका लागि पनि त्यही गर्न लागेका हौं।' उनले भने, ‘जग्गा एकीकरणमार्फत सहरीकरण गर्दा कोही विस्थापित हुनु पर्दैन, त्यसैले जनताको रोजाइमा परेको हो।'

जग्गा एकीकरणमार्फत सहरीकरण गर्दा व्यवस्थित पूर्वाधारपछि मात्र बस्ती बसाल्नु पर्ने सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा बताउँछन्। ‘आफ्नो मिलेको घर बनाएर मात्र हुँदैन, बस्ती नै राम्रो बनाउनु पर्ने भएकाले व्यवस्थित सहरको अवधारणा आएको हो,' उनले भने, ‘नयाँ सहर बसाल्दा उचित र पर्याप्त पूर्वाधार हुनु आवश्यक छ, जसले आधारभूत सेवासुविधा जनतामाझ सरल ढंगले पुर्‍याउन सकियोस्।' जग्गा एकीकरणमार्फत नै नयाँ सहर बनाउन उपयुक्त हुने उनले बताए। ‘जग्ग्ाा एकीकरणमार्फत सहरी विकास हुँदा कोही पनि विस्थापित हुनु नपर्ने र बाटाघाटालगायतका पूर्वाधारको निर्माण पनि सरकारी मापदण्डबमोजिम हुनेछ,' उनले भने, ‘संसारभर प्रयोग भइरहेको जग्गा एकीकरण कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बेला भइसक्यो।'

जग्गा एकीकरणमार्फत एउटै प्रकृति र संरचनाका भौतिक पूर्वाधारसहितका आवास, व्यापरिक क्षेत्र, खुल्ला क्षेत्र, बाटो, खानेपानी बिजुलीलगायतका संरचना निर्माणमा समेत सहज हुने गरेको छ । ‘सरकारले नै जग्गा एकीकरण गरेर सहरीकरण गर्न प्रोत्साहन गरिरहेको छ,' प्राधिकरणका आयुक्त तिवारीले भने, ‘सरकारले सुरुमा जनताका जग्गा लिएर भौतिक पूर्वाधार निर्माण गरेपछि फिर्ता गर्छ।' नयाँ सहर बसाल्दा बाटो, खानेपानी, आवासीय क्षेत्र, व्यापारिक क्षेत्र, खुला स्थल, भूकम्प प्रतिरोधकलगायत सरकारी मापदण्डअनुकूल संरचना बनाउनु पर्ने हुन्छ। 

जग्गा एकीकरणमार्फत बस्ती बसाल्न सुरुमा जग्गाधनीले जग्गाको स्वामित्व सरकारलाई हस्तान्तरण गर्नुपर्छ। ‘सरकारले निश्चित पूर्वाधार बनाएर मात्रै जग्गा जनतालाई नै फिर्ता गर्छ।' उनले भने, ‘जग्गा एकीकरण गर्दा व्यवस्थित सहरीकरणको साथै स्तरीय आवास क्षेत्र बनाउन सकिन्छ, जहाँ बाटो, बिजुली, खुल्ला क्षेत्र, खानेपानीलगायतका पूर्वाधार सहजै बनाउन सकिन्छ।'

के हो जग्गा एकीकरण?

जग्गा एकीकरण जापानबाट आएको अवधारणा हो। छरिएर रहेका बस्तीलाई व्यवस्थित गर्नका लागि उक्त अवधारणा ल्याइएको हो। जग्गा एकीकरणमार्फत नै व्यवस्थित सहरीकरण गर्न सकिन्छ। जग्गा एकीकरणमार्फत बस्ती बसाल्दा कोही जग्गाधनी विस्थापित पनि हुन नपर्ने र सरकारले पनि मुआब्जा दिनु नपर्ने हुन्छ। यसमा आधारभूत मापदण्डका सबै पूर्वाधार निर्माण गर्न सकिन्छ। जग्गा एकीकरण गरेसँगै घर, बाटो, ढल, खानेपानी बिजुली र खुला क्षेत्रको डिजाइन गरेर जग्गा स्थानीयलाई नै हस्तान्तरण गरिन्छ। जग्गा एकीकरण प्रक्रियाअनुसार अघिबढे सडक बन्दै बस्ती बन्दै आउने गर्छ।’ अहिले सडक विस्तार हुदाँ बस्ती नै विस्थापित हुने र सरकारसँग मुआब्जा विवाद चर्किने गर्छ। तर, जग्गा एकीकरणमार्फत बस्ती बसाल्दा सरकारले मुआब्जा दिनु पर्दैन। जग्गा एकीकरण गर्दा जग्गाधनीले केही समयका लागि

सरकारलाई सर्तसहित जग्गा उपलब्ध गराउनुपर्ने हुन्छ। सरकारले व्यवस्थित पूर्वाधार डिजाइन गरेर धनीलाई नै जग्गा फिर्ता गर्छ। जग्गा एकीकरण गर्दा झण्डै ३५ प्रतिशत जग्गा बाटो, खुल्ला क्षेत्र र डिजाइनलागयतका पूर्वाधारमा खर्च गरिन्छ। ६५ प्रतिशत जग्गा भने धनीलाई नै फिर्ता गरिन्छ






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad