स्थानीय तह निर्वाचन वैशाख ३१ र जेठ ३१ मा

आइतबार, १० बैशाख २०७४, १६ : ३३ कृष्ण ढुंगाना  | @krishnakirtipur

काठमाठौं—सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।

कानुनमन्त्री अजयशंकर नायकका अनुसार वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुनेछ। जेठ ३१ मा १,२,५ र ७ नम्बर प्रदेशमा चुनाब हुने उनले जानकारी दिए। 

कानुनमन्त्री अजयशंकर नायकका अनुसार वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुनेछ। जेठ ३१ मा १,२,५ र ७ नम्बर प्रदेशमा चुनाब हुने उनले जानकारी दिए। समयको चापलाई मध्यनजर गरी पहिलो चरणको निर्वाचनको उम्मेदवारी दिने मिति बैशाख १६ गतेको समयलाई केही दिन पर सार्न निर्वाचन आयोगलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यसअघि वैशाख ३१ का लागि निर्वाचन मिति तोकिएकोमा मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सरकारले दुई चरण निर्वाचन घोषणा गरेको हो। संविधान संशोधनको सर्त राख्दै आएको मोर्चा र सरकारबीच शुक्रबार संविधान संशोधन गरेर निर्वाचनमा सहभागी हुने समझदारी भएको थियो। सोही समझदारीअनुसार सरकारले दुई चरणको निर्वाचन मिति घोषणा गरेको हो।

मन्त्रिपरिषद बैठकले परिमार्जनसहित संविधान संशोधन प्रस्तावलाई प्रक्रियाबाट पारित गर्ने निर्णयसमेत गरेको छ। 'परिमार्जनसहित संविधान संशोधन प्रस्तावलाई प्रक्रियाबाट पारित गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ', मन्त्री नायकले नागरिकन्युजसँग भने।

बैठकले अब देश सम्पूर्ण रुपले निर्वाचनमा होमिएको निष्कर्ष निकाल्दै संघीय गठबन्धन र मधेशी मोर्चालाई आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर निर्वाचनमा होमिन र प्रमूख प्रतिपक्षी दललाई संविधान संशोधन प्रस्ताव पारित गर्न सहयोग गरेर मुलूकलाई राजनीतिक निकास दिन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए।

 

संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्तावमा परिमार्जनका लागि मोर्चा र सरकारका तर्फबाट चार सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलमा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्ण, नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका बुद्धिमान तामाङ छन्।

प्रमुख विपक्षी एमालेले भने संविधान संशोधनमा विरोध गर्ने जनाइसकेको छ।







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad