coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'प्रदेश सिमाङ्कन हेरफेर अापत्तिजनक'

नयाँ वानेश्वरमा बसिरहेको एमाले संसदीय दलको बैठक। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—प्रमुख प्रतिपक्षी नेकपा एमाले निर्वाचन जेठ १५ भन्दा अगाडि गर्न अथवा बजेट ल्याउने मिति पछि सार्नका लागि संविधान संशोधन गर्न माग गरेको छ। नयाँ वानेश्वरमा बसेको संसदीयदलको बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाब प्रभावित गर्नेगरी बजेट ल्याउनु नहुने बताएका हुन्।

'निर्वाचनसँग असम्बन्धित विषयमा संविधान संशोधनको अल्झनमा फँस्नु हुँदैन। प्रदेशको सहमतिबिना सिमांकन हेरफेर विषय आपत्तिजनक हो।'

धारा ११९ मा जेठ १५ गते नै बजेट ल्याउनुपर्ने उल्लेख छ।

'चुनाब प्रभावित गर्नेगरी बजेट ल्याउनु हुँदैन। संविधान संशोधन गरेर कि बजेटको समय पछि सार्नु पर्‍यो कि चुनाब जेठ १५ अगाडि हुनुपर्‍यो', ओलीको भनाइ उदृत गर्दै एक एमाले नेताले भने, 'निर्वाचनसँग असम्बन्धित विषयमा संविधान संशोधनको अल्झनमा फँस्नु हुँदैन। प्रदेशको सहमतिबिना सिमांकन हेरफेर विषय आपत्तिजनक हो।'

सरकारले मधेसी मोर्चाको मागअनुसार पाँच नम्बर प्रदेशको सिमाङ्कन हेरफेर गर्नेगरी संविधान संशोधनको तयारी गरिरहेको बेला प्रमुख विपक्षी दल एमालेको तर्फबाट यस्तो प्रतिक्रिया अाएको हो।

बैठकमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, सल्लाहकार समितिका अध्यक्ष केशव बडाल तथा प्रमुख सचेतक भानुभक्त ढकालसहितका नेताहरु सहभागी थिए।

स्रोतका अनुसार बैठकमा दुई चरणको निर्वाचन अापत्तिको विषय नभएको नेताहरुले बताएका थिए। वैशाख ३१ का लागि स्थानीय तहको निर्वाचन मिति तोकिएको अवस्थामा सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने भन्दै दुई चरणको निर्वाचन गराउने तयारी गरिरहेको छ। निर्वाचनमा सहभागी हुन परिमार्जनसहित संविधान संशोधन गर्न सरकार तयार रहेको अवस्थामा प्रमुख विपक्षी दल एमाले संसदीय दलको बैठक बसेको हो।

संसदीय दलको बैठकले यी दुई विषयमा पार्टीको धारणा बनाउने अपेक्षा गरिएको छ। अाज आइतबार करिब १२ बजे अध्यक्ष ओली निवास बालकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा सहयोग गर्न अाग्रह गरेका थिए।

प्रकाशित: १० वैशाख २०७४ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App