coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

टेलिकमले घटायो डाटा शुल्क

काठमाडौँ – एनसेलले इन्टरनेट डाटा शुल्क घटाएको केही दिनमै  नेपाल टेलिकमले पनि इन्टरनेट डाटा शुल्क घटाएको छ । 

सस्तो अफर भन्दै टेलिकमले आफ्नो शुल्क घटाएको हो। टेलिकमले ६ जुन २०१७ देखि ११ मे २०१७ सम्मका लागि राति १० बजेदेखि बिहान ६ बजे सम्मको नाइट टाइम प्याकमार्फत रु ३०० मा ६६५६ एमबी, रु २०० मा ३०७२ एमबी, रु ९० मा १२०० एमबी र रु ४५ मा ५०० एमबी इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ। नाइट अफर जुन ६ सम्म रहेको टेलिकमले जनाएको छ।

त्यसैगरी अल टाइम प्याकमा ११ मे २०१७ देखि ३० दिनका लागि रु १०० मा ४०० एमबी, रु २०० मा ८५० एमबी र रु ३०० मा १५०० एमबी डाटा दिने भएको छ।

६ जुन २०१७ देखि सात दिनका लागि डे नाइट डाटा प्याकमार्फत टेलिकमले रु १०० मा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १०० एमबी र राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी डाटा उपलब्ध गराउने भएको छ । 

फेसबुक मात्र चलाउन चाहनेहरूका लागि भनि टेलिकमले ६ जुन २०१७ देखि ५ दिने फेसबुक डाटा प्याक रु २२.६० मा १०० एमबी डाटा दिने भएको छ  भने राती १० बजेदेखि ६ बजेसम्म रु २० मा २५० मिनेट नाइट भ्वाइस प्याक सेवा उपलब्ध गराउने भएको छ । यो सुविधा ११ मे २०१७ देखि ७ दिनका लागि हुनेछ । 
टेलिकमको यी सुविधाहरू प्रयोग गर्नका लागि *१४१५# डायल गर्नुहोला ।

 

प्रकाशित: १० वैशाख २०७४ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App