८ वैशाख २०८१ शनिबार
राजनीति

सबैलाई समेटेर चुनाव :  देउवा

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरूले सबै पक्षलाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन्। दयाराम पाण्डेको संयोजकत्वमा रहेको अखण्ड नेपाल पार्टी समानान्तरका नेता तथा कार्यकर्तालाई शनिबार बिहान पार्टी प्रवेश गराउँदै शीर्ष नेताहरूले दलीय सहमतिको प्रयास भइरहेको स्पष्ट पारेका हुन्।

सभापति शेरबहादुर देउवाले कांग्रेसले बोलेको कुरा पुर्‍याएर छाड्ने बताउँदै सबैको सहभागितामा निर्वाचन गराएर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने दाबी गरे। शान्ति, स्थायित्व र प्रजातन्त्रका लागि कांग्रेसले २००७ सालदेखि नै संघर्ष गर्दै आएको बताउँदै देउवाले भने, ‘जनताको आर्थिक समृद्धि र उन्नतिका लागि काम गर्ने जिम्मेवारी र दायित्व पनि हाम्रै हो।'

पार्टीको पक्षमा जनमत बनाउन लाग्न नवप्रवेशीलाई आग्रह गर्दै देउवाले पार्टीमा सबैलाई उचित जिम्मेवारी र अवसर दिने पनि बताए।

नेता रामचन्› पौडेलले स्थानीय तह निर्वाचनमा सबै पक्षलाई साथै लिएर जाने पार्टीको प्रयास जारी रहेको बताए। ‘कांग्रेसले मात्र सबैलाई समेटेर अघि बढ्न सक्छ, त्यो प्रयास अहिले पनि जारी छ,' पौडेलले भने, ‘अब राजनीतिक समस्या टुंगो लगाएर देशलाई आर्थिक विकासको यात्रामा हिँडाउनुपर्छ।'

महामन्त्री शशांक कोइरालाले कांग्रेसले आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गराएर संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्ने बताए। दोस्रो संविधानसभा निर्वाचनमा जनताले कांग्रेसलाई गरेको विश्वास आगामी निर्वाचनमा पनि प्राप्त हुने विश्वास व्यक्त गर्दै कोइरालाले निर्वाचनपछि मुलुकलाई अर्थिक विकासको बाटोमा अघि बढाउने दाबी गरे।

प्रकाशित: १० वैशाख २०७४ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App