७ वैशाख २०८१ शुक्रबार
समाज

दुई वरिष्ठ युरो सर्जन सम्मानित

बायाँबाट महासचिव डा. पारणमणि श्रेष्ठ, अध्यक्ष डा. विश्वराज जोशी, उपाध्यक्ष डा. उत्तमकुमार शर्मा, सम्मानित डा. सिपी मास्के, डा. जगदिश बैद्य र डा. भोलाराज जोशी

काठमाडौं– नेपालमा मुत्रप्रणालीसम्बन्धी रोगको उपचार सुरु गर्ने दुई जना बरिष्ठ युरो सर्जनहरु सम्मानित भएका छन्। नेपालमा यूरो सर्जरीका उपचार सुरुवातकर्ता बरिष्ठ चिकित्सक डा. विश्वराज दली र डा. सिपी मास्के सम्मानित भएका हुन्।

नेपालमा मुत्रप्रणालीसम्बन्धी रोगको उपचार सुरुवात गर्ने डा.दली र मास्केलाई शुक्रबार नेपाली शल्यचिकित्सकहरुको साझा संस्था नेपाल असोसियासन अफ यूरोलोजिकल सर्जनस्ले सम्मान गरेको हो। असोसियासनमा ८० भन्दा बढी यूरोसर्जन सदस्य छन्।

असोसियासनका महासचिव डा.पारशमणि श्रेष्ठले अग्रजहरुको सम्मानको परम्पराको सुरुवात गर्न पहिलोपटक यस्तो सम्मान गरिएको र यसलाई निरन्तरता दिने बताए।   

सम्मानित दुबै चिकित्सक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकूलपतिसमेत हुन्। शुक्रबार साँझ आयोजित कार्यक्रममा असोसियासनका अध्यक्ष डा. विश्वराज जोशीले डा. मास्केलाई दोसल्ला एवं सम्मानपत्र प्रदान गरेका थिए। डा. दली अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसकेकोले घरैमा गएर सम्मानपत्र पदान गर्ने आयोजकले जनाएका छन्।

सम्मानित मध्ये डा. मास्केले त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालमा समेत यूरो सर्जरी सेवा तथा संरचना बनाएका थिए भने डा. दलीले वीरमा युरोलोजी सेवा सुरु गरेका थिए।  काठमाडौबाहेक विभिन्न जिल्लामा समेत सर्जरी सेवा विस्तारमा उल्लेखनीय योगदान मास्केले गरेका थिए। कार्यक्रममा डा. मास्केले एमसीएचअन्तर्गत यूरोलोजीमा टप गर्ने विद्यार्थीलाई पुरस्कृत गर्नेगरी १ लाख नगदको अक्षयकोष स्थपनाको घोषणासमेत गरेका थिए।
 

प्रकाशित: ९ वैशाख २०७४ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App