८ वैशाख २०८१ शनिबार
समाज

मुस्ताङ बस दुर्घटनाः मृतक ५ जनाको सनाखत (अपडेट)

पोखरा– मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री सवार बस दुर्घटनामा परेको छ। मुक्तिनाथबाट जोमसोम फर्किँदै गरेको यात्रुबाहक बस कागबेनीमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको हो।

ना ५ ख ६०६७ नम्बको बस दुर्घटना हुँदा दुईजना महिला र तीनजना पुरुष गरी पाँचजना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङका डिएसपी हरिहरनाथ योगीका अनुसार बस अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खसेको थियो। बसमा ३५ जना यात्रु सवार थिए।

ती मध्ये भक्तपुर महालक्ष्मी नगरपालिका–२ का ५५ वर्षीय लिला खड्का, महालक्ष्मी–८ कै करिब ४० वर्षीया सीता तिमिल्सिना, काठमाडौं महानगरपालिका–३५ का ५५ वर्षीय भोला अधिकारी, काठमाडौं–३२ का ४५ पुरुषोत्तम ढकाल र काठमाडौं–३ का ७० वर्षीय कान्छी खड्काको मृत्यु भएको डिएसपी योगीले बताए।

सख्त घाईते भएका १५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि पोखरा ल्याइएको छ।

‘मुक्तिनाथबाट फर्किदै गर्दा ओरालोमा बसको ब्रेक फेल भएछ । त्यसपछि दुर्घटना भएको हो,’ योगीले भने, ‘बसले च्यापिएर उनीहरुको जनाको ज्यान गएको हो ।’ काठमाडौंबाट रिजर्भ गरेर मुक्तिनाथ दर्शनका लागि तीर्थयात्री बोकेर बस मुस्ताङ गएको थियो ।

योगीका अनुसार बसमा भक्तपुरबाट रिजर्भ गरेको बसमा ती यात्रुी मुक्तिनाथ दर्शन गर्न पुगेका थिए ।

मृतकहरुको शव अहिले जोमसोम अस्पतालमा ल्याइएको उनले बताए । दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट करिब २३ किलोमिटर टाढा पर्छ । दुर्घटनामा परेको बसलाइ स्काभेटर, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उठाइएको छ।

 

प्रकाशित: ९ वैशाख २०७४ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App