४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

सोमालियामा ५२ जना लडाकु मारिए

नैरोवी – अफ्रिकी सङ्घको शान्ति मिसनको सदस्य रहेको केन्याली सैनीकहरुले दक्षिणी सोमालियामा गरेको सुरक्षा कारबाहीमा परी अल शबाब आवद्ध ५२ जना लडाकुहरूको मृत्यु भएको छ । 

केन्याली सुरक्षा फौजका प्रवक्ता जोसेफ ओउथले सुरक्षाकर्मीहरुले अल शबाब आतङ्ककारीका शिविरहरू भत्काइदिएका छन् । 

घटनास्थल तल्लो जाबादेखि झन्डै नौ किलोमिटर उत्तरतर्फ पर्दछ । कारबाहीका क्रममा एक के ४७ राइफल, बन्दुकलगायतका विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु नियन्त्रणमा लिई उनले बताए। 

प्रकाशित: ९ वैशाख २०७४ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App