coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदान केन्द्र पुग्न दुई दिन

कृण ओली

बाजुरा- साविक बिच्छ्या गाविस गुम्बा गाउँका स्थानीयको गुनासो यो पटक पनि कसैले सुनेनन्। स्थानीय २६ परिवार विगतदेखि गाउँमै मतदान केन्द्र राख्न माग गर्दै आएका छन्। तर त्यो गुनासो र आग्रहलाई राजनीतिक दलदेखि निर्वाचन आयोग कसैको प्राथमिकताको विषय बनेको छैन्।

विसं २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनीहरुले विरोध समेत जनाए। मतदान नगर्ने समेतको धम्की दिए। तरपनि मतदान भने उनीहरुले गर्न छोडेनन्। गुम्बाबाट निर्धारण गरिएको मतदान केन्द्र आउन मात्र करिब  १ दिन बढी लाग्छ।

विहान आए बेलुका मात्र पुगिन्छ । मतदान समय बेलुका ५ बजेसम्म मात्र तोकिएको हुन्छ। त्यसकारण उनीहरुले अघिल्लो दिन नै मददान केन्द्रमा आईपुग्नु पर्ने बाध्यता छ । त्यसैमा वृद्धवृद्धालाई बोकेरै ल्याउनु पर्ने बाध्यता रहेको भन्छन्, स्थानीय छिरिङ कुँवर।

जिल्लामा हाल ६९ वटा मतदान केन्द्र रहेका छन्। नौ वटा स्थानीय हतका ६९ वटा वडामा मतदान केन्द्र निर्धारण गरिएको छ। यस अघि जिल्लामा ७४ वटा मतदान केन्द्र रहेका थिए। 

अहिलेको स्थानीय चुनावमा गाउँमै मतदान केन्द्र हुनेमा गुम्बावासी ढुक्क थिए । तर जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला प्रहरी कार्यलय र जिल्ला निर्वाचन कार्यालयका प्रमुखको मतदान केन्द्र सिफारिस समितिले यो वर्ष पनि सिफारिस नगर्दा पुरानै समस्या भोग्न बाध्य भएका छन्।

जिल्ला निर्वाचन अधिकारी सुभद्रा गौतमले मतदान केन्द्रको लागि यो वर्ष ढिला भएको र अब अर्को पटक सिफारिस गर्ने मात्र विकल्प रहेको बताईन।

प्रकाशित: ९ वैशाख २०७४ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App