coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भाइको हत्या आरोपमा दाजु भाउजु पक्राउ

लहान – आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी राय रहेका छन् । 

आफ्नै घरमा सुतिरहेको अवस्थामा २०७३ फागुन १७ गते राति घरमा आगलागी हुँदा घरको कोठामै भाई प्रदीप रायको जलेर मृत्यु भएको थियो । 

घटनाको अनुसन्धान गर्दै जादाँ फुलगेन र निरोदेवीको संलग्नता रहेको देखिएकाले दुबै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिए । 

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताए । काठमाडौँमा प्रतिज्ञा मेनपावर सञ्चालन गर्दै आएका प्रदीप साथीको भतिजोको बिहेमा सहभागी हुन मिर्चैयास्थित घर आएको र सोही क्रममा दाजु र भाउजुको योजना अन्तर्गत प्रदीपको हत्या भएको अनुमान प्रहरीको छ । रासस 

प्रकाशित: ९ वैशाख २०७४ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App