coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मधेस केन्द्रित दल निर्वाचनमा आउँछन् : परराष्ट्रमन्त्री

चितवन – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गरेका छन् । 

शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले मधेस केन्द्रित दलसँगको छलफललाई तीव्र रुपमा अघि बढाएको बताउँदै वैशाख ३१ गतेको निर्वाचनमा ती दल सहभागी हुने र एकै चरणमा निर्वाचन हुने बताए। 

सरकारले ती दलको माग पूरा गर्न परिमार्जनसहितको संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको बताउँदै निर्वाचनका लागि सबै तयारी भइरहेको जानकारी दिए । 

एक फरक प्रसङ्गमा मन्त्री डा महतले राष्ट्रपतिको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । रासस 

प्रकाशित: ९ वैशाख २०७४ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App