७ वैशाख २०८१ शुक्रबार
समाज

घुस लिएको अभियोगमा तीन पक्राउ

चितवन – जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी व्यवसायी फडीन्द्रराज तिवारी छन् । उनीहरुमध्ये निरौलाले चण्डीभन्ज्याङका बिर्खलाल गुरुङको हजुरबुबाका नामको जग्गा हजुरआमाका नाममा नामसारी गर्न नाममा मणि र मनि नमिलेको भन्दै रु छ हजार मागेको गुरुङले आरोप लगाए । 

त्यस्तै कम्युटर अपरेटर तिवारीले रु ५०० लिएको अभियोग लगाइएको छ । लेखापढी व्यवसायीले बिचौयियाको काम गरेको आरोप छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार संरक्षण मञ्च र जिल्ला प्रहरीसहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले उनीहरुलाई कारबाहीका लागि आइतबार जिल्ला प्रशासन कार्यालय पठाइने बताए । 

यसैबीच भरतपुरको चौबिसकोठीमा ट्राफिक जनचेतनाका लागि निर्माण गरिएको डिजिटल सूचना पाटी तोडफोड गरेको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी निकटअखिल ९क्रान्तिकारी० सप्तगण्डकी क्याम्पस एकाइका अध्यक्ष सुरेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी उपरीक्षक थापाका अनुसार पौडेलसहित तीन जनाले गए राति १२ बजे र १९ मिनेट जाँदा टेलिभिजनसहितको सूचना पाटी तोडफोड गरेका हुन् । फरार अन्य दुईको खोजी भइरहेको बताइएको छ । रासस 

प्रकाशित: ९ वैशाख २०७४ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App