coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाढी नियन्त्रण संयुक्त आयोग बैठक सम्पन्न

काठमाडौं- नेपाल-भारत बाढी नियन्त्रण संयुक्त आयोगको बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। बैठक आइतबार जनकपुरमा सुरु भएको थियो। यसक्रममा बैठकका सहभागीले सोमबार र मंगलबार कमला, बागमती र लालबकैया नदीको स्थलगत निरीक्षण गरेका थिए।

त्यसपछि बुधबार, बिहीबार र शुक्रबार आयोगको बैठक काठमाडौं बसेको थियो। बैठकले तीन नदीको पाँच ठाउँमा तत्काल तटबन्धको कार्य थाल्नुपर्ने औंल्याएको छ। कमला नदीको बसबित्ता, बन्दीपुर र किरातपुर तीन स्थानमा, बागमती नदीको भद्रवा र लालबकैयाको लक्ष्मीनियाँमा तटबन्ध निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने बैठकले औंल्याएको हो।

बैठकमा नेपालको नेतृत्व जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र भारतको नेतृत्व गंगा बाढी नियन्त्रण आयोगका सदस्य ए.के. सिन्हाले गरेका थिए।

बैठकमा हाल सञ्चालनमा रहेका योजना, बाढी पूर्वानुमान, पश्चिम राप्ती, खान्डो, भुताहीबालन, दोधा, मोहना र लाखनदेही नदीमा भइरहेका तटबन्धका कार्यलगायत विषयमा छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संयुक्त आयोगको अर्को बैठक नोभेम्बरमा हुनेछ।

प्रकाशित: ९ वैशाख २०७४ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App