चिह्न पाए नयाँ शक्ति चुनावमा

शनिबार, ०९ बैशाख २०७४, ०८ : ४९ नागरिक

काठमाडौं- नयाँ शक्ति पार्टीले स्थानीय तह चुनावमा भाग लिने भएको छ । पार्टीको वैशाख ६ देखि ८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावमा जाने निर्णय गरेको हो।

पार्टीले चुनावमा जानका लागि निर्वाचन आयोगले दलीय आधारमा चुनाव चिह्न दिनुपर्ने सर्त राखेको  छ। आयोगबाट दलीय चुनाव चिह्न प्राप्त गर्न पार्टीले  सम्पूर्ण शक्ति प्रयोग गर्ने निर्णय पनि बैठकले  गरेको छ। नयाँ शक्तिले आँखा चुनाव चिह्न मागेको छ। आयोगले भने नयाँ शक्तिलाई दलीय चुनाव चिह्न दिन अस्वीकार गरेको छ।

‘दलीय आधारमा चुनाव लड्न चुनाव चिह्न पाउनुपर्ने मागसहित चुनावमा होमिने निर्णय गरेका छांै,' कार्यकारिणी समिति सदस्य पर्शुराम खापुङले भने, ‘दलीय आधारमा चुनाव लड्न चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय अत्यन्त अलोकतान्त्रिक छ,'

पार्टीले एक साताभित्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ। 

यसैबीच, नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच  एकीरणका लागि शुक्रबार तीन सदस्यीय एकता संयोजन समिति गठन भएको छ । सो समितिमा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई छन्। नयाँ शक्ति र फोरम नेपालबीचको एकतालाई चाँडै तार्किक निष्कर्षमा पुर्‍याइने नयाँ शक्ति र फोरम नेपालले शुक्रबार संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ। नयाँ शक्तिका कार्यकारिणी सदस्य खापुङले चाँडै नयाँ शक्ति र फोरम नेपालबीच एकता हुने बताए।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad