coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेताकार्यकर्ता तानातान

पाँचथर- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टी प्रवेश गराउने क्रम यसपल्ट पनि देखिएको छ। राजनीतिक दलहरूले विभिन्न पार्टीमा रहेका नेताकार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने काम तीव्र पारेका छन्। जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले पार्टी प्रवेश गराइरहेका छन्।

यसरी पार्टी प्रवेश गराउने काम स्थानिय तहको निर्वाचनमा मात्र भएको होइन। पछिल्ला दुई संविधानसभा चुनावमा पनि देखिन्थ्यो। यसअघि प्रवेश गराइएका नेताकार्यकर्ता कहाँ छन् भने यकिन तिनै राजनीतिक दललाई नै छैन।

चुनावका बेला करिब पाँच सय कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरको कांग्रेस पाँचथरका सचिव ब्रिजहाङ आङदेम्बेले बताए। चुनावका बेला राजनीतिक माहोल बन्ने भएकाले संख्या बढ्ने उनको भनाइ छ। एमालेले यसअघि संगठन विस्तार गर्न चारमहिने अभियान चलाएको थियो। पार्टी अभियानदेखि चुनावको यस बेलासम्म करिब एक हजार पाँच सय कार्यकर्ता विभिन्न पार्टीबाट प्रवेश गराइएको अध्यक्ष राजकुमार भण्डारीले बताए। माओवादी केन्द्र पनि संगठन विस्तारमा सक्रिय छ। प्रवेश गर्नेको संख्या ठूलो भए पनि सार्वजनिक नगर्ने पार्टी नीति रहेको जिल्ला इन्चार्ज हर्क नेम्बाङ मिक्सोले बताए।

प्रकाशित: ९ वैशाख २०७४ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App