७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन तयारी अन्तिम चरणमा : प्रमुख आयुक्त

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ३१ गते हुने स्थानीय नर्वाचन तयारी उच्चस्तरमा पुगेको बताएका छन्। त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग र जापानी सहयोग नियोग (जाइका) द्वारा संयुक्त रुपमा शुक्रबार राजधानीमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रमुख आयुक्त यादवले स्थानीय तह निर्वाचनका लागि केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

प्रमुख आयुक्त यादवले प्रक्रियागतबाहेक केन्द्रीयस्तरका सबै तयारी पूरा भएको जानकारी दिए। ‘निर्वाचन तयारी उच्चस्तरमा पुगेको छ, गाउँगाउँमा निर्वाचनको वातावरण छाएको छ,' उनले भने, ‘सबै दल निर्वाचनमा आउने वातावरण बन्दै गएको छ, बन्दैछ।' उनले स्थानीय निर्वाचनका लागि राजनीतिक दल, मतदाताको सहभागिता उत्साहपूर्ण देखिएको समेत बताए। उनले निर्वाचन नजिकिँदै जाँदा दलहरू पनि एकीकृत हुँदै गएकाले यसले समग्र देशलाई नै निर्वाचन उन्मुख बनाएको बताए।

प्रमुख आयुक्त यादवले आवधिक निर्वाचन सुनिश्चित गर्न स्थानीय निर्वाचनको महत्वपूर्ण भूमिका हुनेसमेत बताए। उनले निर्वाचन मिति घोषणा गर्ने अधिकार सरकारलाई भएसम्म समयमै निर्वाचन सुनिश्चित नहुने बताए। ‘निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई भएसम्म समयमै निर्वाचन सुनिश्चित हुन्न,' यादवले भने, ‘हामीले  पटकपटक आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार हुनुपर्छ भन्दै आएका छौं, समयमै निर्वाचन सुनिश्चित गर्न यो अधिकार अपरिहार्य छ।' उनले सबै राजनीतिक दललाई निर्वाचनमा आउने वातावरण बनाउन सरकारलाई आग्रहसमेत गरे।   

प्रकाशित: ९ वैशाख २०७४ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App