७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजपा निर्वाचन आयोगमा दर्ता हुने

काठमाडौं- मधेसी दल एकीकरण भई बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। राजपाका नेताहरूले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनविद्लाई अह्राएको जानकारी गराएका छन। निर्वाचन आयोगमा यसअघि नै राजपा नामको दर्ता भइसकेको। त्यसैले  आयोगमा नयाँ पार्टीका रुपमा राजपालाई दर्ता गराउन सो नामा कुनै शब्द थप्ने तयारी भइरहेको पनि नेताहरूले जनाएका छन्।

‘एकीकृत पार्टी राजपालाई निर्वाचन आयोगमा दर्ता गर्ने भएका छौं। यसअघि नै राजपा नामको पार्टी निर्वाचन आयोगम दर्ता भएको सुनिएको छ', ६ दल मिलेर बनेको राजपाका नेता मनीष सुमनले भने, ‘त्यसैले पार्टीको नामको अगाडि या पछाडि  एउटा शब्द थप्ने तयारी भइरहेको छ।'

प्रकाशित: ९ वैशाख २०७४ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App