coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अार्थिक वृद्धि उकासिने भएपछि विश्व बैंकमा नेपालको प्रशंसा

वासिंगटन डिसी– चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ। 

बिहीबार संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले  नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए। 

नेपालको आर्थिक बिकासलार्इ अझ तीव्र पार्न सहयोग गर्न आइडिए १८ अन्तर्गको सहयोग दोब्बर गरिने जानकारी दिए। बिश्व बैंकले अन्तराष्ट्रिय बिकास संस्था (आइडिए) कार्यक्रम अन्तर्गत विकासउन्मुख देशहरुलार्इ सहयोग गर्दै आएको छ।

उक्त सहयाेगले सन् २०१८ मा नेपालकोे आर्थिक वृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल विश्वास जनाए। 

यद्यपी, अार्थिक अनुदान वा ऋण सहायताले मात्र अार्थिक वृद्धिदर उकासिएकाे उदाहरण संसारभर कहीँ पनि भेट्न सकिँदैन। ऋण तथा अनुदान सहायताले मुलुकलार्इ अझ अविकास र अार्थिक संकटतर्फ धकेलेकाे उदाहरण विश्वका धेरै देशमा देख्न सकिन्छ ।  

सोही बैठकमा सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपाललाइ नेपालको आर्थिक बृद्धिदर उच्च हुने अवस्थामा रहकोमा नेपालका अर्थमन्त्रीलार्इ बधाइ सुनाइदिन भनेका थिए । 

प्रकाशित: ८ वैशाख २०७४ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App