६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

इरानको राष्ट्रपतिका लागि छ जना उम्मेद्वार

तेहरान – संविधानका संरक्षकको परिषद्को नामले चिनिले इरानको माथिल्लो सदनले राष्ट्रपतिका छ जना उम्मेद्वारको नामावली स्वीकृत गरेको छ । 

पूर्वराष्ट्रपति मोहम्मद अहमदिनेजादको नाम भने बिहीबार अनुमोदन गरिएको नामावलीमा राखिएको छैन् । उनलाई राष्ट्रपतिको उम्मेद्वारका लागि अयोग्य ठहर्याइएको छ । 

अनुमोदन गरिएको उम्मेद्वारको नामावलीमा वर्तमान राष्ट्रपति हसन रौहनी, तेहरानका मेयर मोहम्मद बाक्वेर क्वालिबाफ, इब्राहिम रैसी, इमाम रेजा, अयोतुल्लाह अली खमेनै र पूर्वउपराष्ट्रपति मोस्ताफा हासेमिताबाको नाम रहेको छ । 

माथिल्लो सदनबाट योग्य ठहरीएका उम्मेद्वारहरूले अव निर्वाचनका लागि आफ्नो प्रचारप्रसार सुरु गर्न सक्दछन् । आउदो मे १९का दिन मतदान हुने भएकाले १८ मे को विहान ०८ बजेसम्म मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाइएने भएको छ। 

प्रकाशित: ८ वैशाख २०७४ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App