८ वैशाख २०८१ शनिबार
राजनीति

व्यापारी हमालद्वारा उम्मेदवारी घोषणा

धनगढी- निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरपालिकाको प्रमुखमा यस क्षेत्रका उद्योगी एवम् व्यापारी गोपाल हमालले आज आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गरेका छन्।

कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्षसमेत रहनु भएका हमालले आज यहाँ आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताए।

धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुन्।

उपमहानगरको प्रमुख र उप प्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदावारको टुङ्गो लगाइसकेको छ। सो पार्टीले प्रमुखमा रामसमझ राना र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उठाउने तय गरिसकेको छ।

नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेकपा माले लगायतका दलले उपमहानगरको प्रमुख उप प्रमुखमा कसलाई उठाउने भन्ने टुङ्गो अझै लगाउन सकेका छैनन्।
सात नं प्रदेशको एकमात्र उपमहानगर धनगढी भएकाले महानगरको प्रमुख तथा उप प्रमुखको पदको टिकट हत्याउन विभिन्न दलमा आन्तरिक प्रतिस्पर्धा निकै बढेको छ।

साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ। रासस

 

प्रकाशित: ८ वैशाख २०७४ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App