coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मतदान गर्न भारतबाट घर फर्कनेको लर्को

बाजुरा – बुढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी आठ वर्षपछि घर फर्किएका हुन्। 

संविधान सभाको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आएका हुन् । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ । 

यस्तै छेडेदह गाउँपालिका– १ का धनसिंह रोकाया तीन महिना अगाडी मजदुरी गर्न भारत गएपनि एक हप्ता अघि घर फर्किएका छन् । रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता हुनुभएको हो । “वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ,” रोकायाले भने । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउँछन् । 

ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनी स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किएका छन् । “मसँगै धरै नेपाली निर्वाचनका लागि घर फर्किका छन्,” रौलेले भने । 

बेतालमाडौँस्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चार/पाँच सयको सङ्ख्यामा नेपाली नागरिक घर फर्किन थालेको बताउँछन् । “बसमा दसैँमा जस्तै घर फर्किनेको चाप देखिन्छ,” उनले भने । अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्किने क्रम बढेको छ । रासस 

प्रकाशित: ८ वैशाख २०७४ ०८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App