७ वैशाख २०८१ शुक्रबार
कला

‘मनोबलको भरमा धानिँदै मैथिली फिल्म’

काठमाडौं– विगत केही समययता मैथिली चलचित्र निर्माणप्रति आकर्षण बढेको छ। चलचित्र निर्माणको तीव्रतासँगै यसको आकार, आयाम र क्षितिजमा पनि बढोत्तरी भएको छ। मैथिली चलचित्रको फराकिलो हुँदैगएको क्षेत्रगत परिधिसँगै यसको पृष्ठभूमि खोतल्ने प्रयत्न भने कतैबाट गरेको पाइँदैन।

मैथिली चलचित्रको इतिहास सन् १९६५ मा भारतमा पहिलो कथानक फिल्मको निर्माण भएको थियो । फनि मजुमदारद्वारा निर्दे्शित सो चलचित्र हरिमोहन झाको प्रसिद्ध उपन्यास ‘कन्यादान’मा आधारित रहेको थियो । त्यो चलचित्रमा केही अंश मात्र मैथिली भाषाको प्रयोग भएको पाइन्छ तसर्थ त्यसलाई सम्पूर्ण मैथिली चलचित्र मानिएको छैन।

दोस्रो चलचित्र ‘ममता गाबय’ गीत सम्भवतः १९७० मा रिलिज भएको थियो । जुन पूर्णरुपमा मैथिली चलचित्र थियो । यसैलाई नै पहिलो मैथिली चलचित्र मानिएको छ।

केही समयअघिसम्म नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष मैथिलीभाषी कलाकार धर्मेन्द्र मोरवैता थिए भने सदस्यमा गायक रामा मण्डल पनि थिए । तर पनि तराई मधेशमा निर्माण हुने चलचित्रका बारेमा कुनै छलफल नभएको मैथिली चलचित्रकर्मीहरुले गुनासा पोखे । मैथिली चलचित्रको विकासयात्रा कलाकारहरुको आँट, संकल्प र प्रतिबद्धतामा टिकेको प्रष्ट देखिएको छ ।

नयाँपुस्ताका कलाकारहरुको उत्साहबद्र्धक कार्य देखेर एकदमै खुशी लागेको कुरा वरिष्ठ गीतकार महेन्द्रकुमार मिश्रले बताए । उनले थपे,—‘हामीले बलिउडको तुलना गरेर मात्र हँुदैन, बलिउडमा तीनपुस्ताका कलाकारहरु छन् र यो उद्योगले सय वर्ष पुरा समेत गरिसकेको छ । नेपालमा मधेशी कलाकारहरुको यो पहिलो पुस्ता हो । दुई दशक पनि पुगेको छैन । त्यसैले अहिले जेजस्तो छ एकदमै राम्रो छ । चाहे ठूलो बजेटको होस् चाहे सानो बजेटको तर चलचित्र त मधेशकै हो नि । हामी सबै मिलेर मधेशका कलाकारहरुलाई होैसला दिनुपर्छ । साहस बढाउनुपर्छ । थोरै समयमा भए पनि नेपालको मिथिलाञ्चल क्षेत्रमा दुई दर्जनभन्दा बढी मैथिली चलचित्रहरु निर्माण भइसकेका छन् ।

दहेज, ममता, करमभाग्य, प्रियतम, हमरा लग रहब, अहां छी हमरा लेल, अपन समाज, पिया भेल परदेशी, माईके ममता, जहियासँ गेलोै विदेश, प्रीतक बाजी, संगे जियब संगे मरब, गरीबक बेटी, सुहागिन, मिथिलाक योद्धा, भोैजीके बहिन, कलयुगके शिवभक्त, जियब संग हम अहिक लेल लगायत रहेका छन् । जसमध्ये ठूलो पर्दाको चलचित्र सुहागिन मात्र हो

गायक रामा मण्डलले भन्छन्, ‘मैथिली गीतसङ्गीत र चलचित्रलाई सरकारी निकायले उपेक्षा गरिएको’ छ । त्यस्तै अर्को वरिष्ठ चलचित्र कलाकार योगेन्द्र देवको भनाइअनुसार सरकारले तराईमा निर्माण हुने चलचित्र र कलाकारहरुलाई सदियांैदेखि उपेक्षित गर्दैआएका छन् । मधेशमा निर्माण हुने चलचित्रहरु मैथिली, भोजपुरी, थारु, अवधिलाई नेपाली चलचित्रसरह नै कर तिर्नुपर्छ । सेन्सर गर्नुपर्छ । तर सुविधा भने छैन । त्यसैले सरकारले जबसम्म मैथिली चलचित्र विकास बोर्ड गठन गर्दैन तबसम्म तराईमा निर्माण हुने चलचित्रहरुको विकास सम्भव हुँदैन।’ उनले प्रष्ट पारे ।

मैथिली भाषामा हाल निर्माण भइरहेको चलचित्रहरु दर्जनौ रहेको छन् । जस मध्ये मूख्य फिल्ममा श्री शम्भुनाथ बाबा —सप्तरीबाट, बदला एकबेर फेर— धनुषाबाट, दिलु रानी र संस्कार —विराटनगरबाट, मधेशी पुत्र —सप्तरीबाट निर्मार प्रक्रियामा रहेको छन् ।

 

प्रकाशित: ३० असार २०७३ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App