coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ शक्ति र संघीय समाजवादी एकताका लागि समिति गठन

काठमाडौं- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच छिट्टै एकीकरण हुने भएको छ। दुबै पार्टीका अध्यक्षले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्टी एकता संयोजन समिति गठन गरेको उल्लेख गरेका छन्।

समितिमा नयाँ शक्तिका बाबुराम भट्टराई र संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राई हुनेछन्।

‘नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका बैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ,’ विज्ञप्तीमा भनिएको छ।

समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ८ वैशाख २०७४ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App