७ वैशाख २०८१ शुक्रबार
कला

बसुन्धराश्री पुरस्कार शर्मालाई

काठमाडौं- यस वर्षको बसुन्धराश्री पुरस्कार प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ। उत्कृष्ट, विशिष्ठ र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाको सिर्जना गर्दै नेपाली साहित्यमा सिंगो जीवन समर्पण गरेवापत डा. शर्मालाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ।

यसै गरी चर्चित संचारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीलाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ। प्रवासमा रहेर पनि नेपाली साहित्यका विभिन्न विधाको सिर्जना तथा आफ्नो सुमधुर स्वरद्वारा नेपाली साहित्यका कृतिलाई अझ सुपाठ्य, शालीन र समुन्नत बनाउन योगदान दिएवापत नेपालीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। यो पुरस्कारको राशि २५ हजार रूपैयाँ रहेको छ।

बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यो निर्णय गरेको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ८ वैशाख २०७४ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App