७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेमकिपाले ल्यायो घोषणापत्र

काठमाडौं- नेपाल मजदुर किसान पार्टीले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा देशको सन्तुलित विकासका लागि कुल बजेटको ५० प्रतिशत स्थानीय निकायमार्फत विकास निर्माणमा खर्च दिनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ। घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले स्थानीय निकायमार्फत विकास निर्माणमा ५० प्रतिशत बजेट खर्च गराउन सके वास्तविक संघीय मुलुक बन्ने बताए।

पार्टीको नाम फरकफरक भए पनि सिद्धान्ततः ठूला दलबीच कुनै भेद नभएको उनले बताए। उनले धर्म, भाषा, जात, क्षेत्रको आधारमा राजनीतिक पार्टी खोल्न दिनाले नेपालमा साम्प्रदायिकता भड्किन सक्ने खतरा रहेको संकेत गर्दै मधेसवादी दलले विदेशीको इसारामा संविधान संशोधनको अडान लिई बस्नु गलत भएको बताए।

प्रकाशित: ८ वैशाख २०७४ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App